मिस अर्थमा पहिलो सफलता


भोलि शनिबार फिलिपिन्समा हुने 'मिस अर्थ-२०१४' को निर्णायक
प्रतियोगितामा सहभागि हुनुअघि नै प्रिन्सा श्रेष्ठले महत्वपूर्ण उपलब्धि
हासिल गरेकी छिन् । प्रिन्साले प्रतियोगिताअन्तर्गतको 'इको ब्युटि
भिडियो टाइटल एवार्ड' जितेकी हुन् । यो विधाअन्तर्गत उनलाई
'कन्टिनेन्टल विनर' छनौट गरिएको थियो, जसका लागि प्रिन्साले
'एभरेस्ट पोटाटो प्यानकेक' शीर्षकको प्रोजेक्ट प्रस्तुत गरेकी थिइन् र
त्यसमा उनले हिमालय क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न इको-
टुरिजमले खेल्न सक्ने भूमिका चित्रण गरेकी थिइन् । यसबीच मिस याहो
ब्युटीअन्तर्गतको अनलाइन भोटिङमा समेत प्रतिस्पर्धा गरिरहेकी
प्रिन्सा उक्त विधामा सफल भए उत्कृष्ट १६ मा पर्न सक्ने हिडेन टे्रजरले
जनाएको छ । त्यसका लागि प्रिन्सालाई भोलि शनिबार राति ८
बजेसम्म अनलाइन भोटिङ गर्न सकिनेछ

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects