कार्यक्रम हङकङमा, मनोनयन काठमाडौंमा


पर्सी आइतबार हङकङमा इन्टरनेसनल नेपाली फिल्म एवार्ड (इन्फा)ले
वितरण गर्ने पहिलो इन्फा एवार्ड-2015 को मनोनयनमा परेका
चलचित्रकर्मी तथा चलचित्रको नाम सार्वजनिक गर्न काठमाडौंस्थित
हयात होटलमा अघिल्लो बुधबार एउटा भव्य समारोह आयाजना गरियो।
समारोहमा एवार्डका २० विधामा मनोनयन भएका चलचित्र तथा
चलचित्रकर्मीहरूको भिडियो क्लिप्स सार्वजनिक गरिएको थियो।
समारोहमा लाइफ टाइम एचिभ्मेन्ट एवार्डबाट चलचित्रकर्मी उद्धव
पौडेललाई सम्मान गर्ने घोषणा गरियो।
एवार्डका लागि चलचित्र 'नाइँ नभन्नु ल' सर्वाधिक १० विधामा
मनोनयनमा परेको छ। यो चलचित्र उत्कृष्ट चलचित्र तथा उत्कृष्ट निर्देशक
(विकास आचार्य) सहित सर्वाधिक विधामा मनोनीत हुन सफल भएको
हो। उक्त चलचित्रबाट अनुभव रेग्मी (अभिनेता), सुरज सिंह ठकुरी
(सहअभिनेता), प्रियंका कार्की (सह-अभिनेत्री), संगीतकार (वसन्त
सापकोटा), विकास आचार्य (कथा, पटकथा र संवाद), डा. कृष्णहरि
बराल (गीतकार), स्वरूपराज आचार्य तथा प्रेम परियार (गायक) मनोनीत
छन्। चलचित्र 'महसुस' दोस्रो सर्वाधिक नौ विधामा मनोनीत छ। यो
चलचित्र सर्वोत्कृष्ट चलचित्र, नवल नेपाल (निर्देशक), आर्यन सिग्देल
(अभिनेता), केकी अधिकारी (अभिनेत्री), नीर शाह (सहअभिनेता),
बेनिशा हमाल (सह-अभिनेत्री), सुरेश अधिकारी (संगीतकार), दुर्गा
परियार (गायिका) तथा दिव्य सुवेदी -(छायाँकार) विधामा मनोनीत
भएको छ। चलचित्र 'छ एकान छ' उत्कृष्ट चलचित्र सहित तेस्रो सर्वाधिक
६ विधामा मनोनीत छ। दिनेश डिसी (निर्देशक), नीता ढुंगाना
(अभिनेत्री), सीताराम कट्टेल, दीपकराज गिरी र सन्दिप क्षेत्री
(हास्यकलाकार), दीपकराज गिरी (पटकथा र संवाद) तथा अनन्त
थपलिया (सम्पादन) यही चलचित्रका लागि मनोनयनमा परेका छन्।
'मोक्ष' तथा 'होस्टल' पनि सर्वोत्कृष्ट चलचित्रको विधामा मनोनीत
छन्। निर्देश्ाकको विधामा 'काली' का सबिर श्रेष्ठ तथा 'बितेका पल'
का सुरज सुब्ब्ाा पनि प्रतिस्पर्धी छन्। सर्वोत्कृष्ट अभिनेताको विधामा
'फिटकिरी' का सौगात मल्ल, 'वीर' का यश कुमार तथा 'ढुवानी' का
किशोर खतिवडा पनि मनोनीत छन्। सर्वोत्कृष्ट अभिनेत्रीका लागि भने
'मौन' की नम्रता श्रेष्ठ तथा 'काली' की रेखा थापा प्रतिस्पर्धी छन्।
खलनायकको विधामा सुवास थापा (किन किन), झरना थापा (कोही त
छ), दयाहाङ राई (लोफर) तथा मुकेश आचार्य (मुटु) बीच प्रतिस्पर्धा छ।
संगीतकारको विधामा डम्बर नेपाली (बितेका पल), वसन्त सापकोटा
(काली) तथा अर्जुन पोखरेल (बिन्दास-२)मनोनीत छन्। गायकतर्फ
प्रह्लाद तिमिल्सिना (काली) तथा शिव परियार (बिन्दास-२) पनि
मनोनीत छन् भने गायिकातर्फ मिलन अमात्य (काली), प्रकृति गिरी
(बितेका पल), दुर्गा खरेल (बिन्दास-२) तथा अन्जु पन्त (हो यही माया
हो) बीच प्रतिस्पर्धा हुँदैछ। एवार्ड निणर्ायक कमिटीकी सदस्य बसुन्धरा
भुसाल पनि सह-अभिनेत्रीको विधामा चलचित्र 'पराई' बाट मनोनीत
भएकी छिन्।
नायिका केकी अधिकारी, नन्दिता केसी, प्रियंका कार्की, नायक
यसराज गराचसहितका कलाकारहरूको नृत्यका कारण कार्यक्रम आकर्षक
बनेको थियो। पूर्व मिस नेपाल माल्भिका सुब्बाले सञ्चालन गरेको उक्त
समारोहमा हास्य कलाकारद्वय जितु नेपाल तथा विल्सन विक्रम राईले
हास्यप्रस्तुतिमार्फत दर्शकहरूलाई पर्याप्त मनोरञ्जन प्रदान गरेका थिए।
समारोहमा गायक प्रह्लाद तिमिल्सिना तथा गायिका मिलन अमात्यले
'स्लोली स्लोली' तथा 'गाला रातै' सुनाएर कार्यक्रम समारोहलाई
संगीतमय
बनाएका थिए।
हङकङमा हुने एवार्ड समारोहलाई पनि माल्भिका सुब्बाले नै सञ्चालन
गर्नेछिन्। कार्यक्रममा आर्यन सिग्देल र नम्रता श्रेष्ठ तथा यसराज गराज र
केकी अधिकारीले युगल नृत्य प्रस्तुत गर्दैछन् भने नन्दिता केसी, प्रियंका
कार्की र माला लिम्बु एकल नृत्यमार्फत प्रस्तुत हुनेछन्। जितु नेपाल,
सीताराम कट्टेल र कुञ्जना घिमिरेले हास्य प्रस्तुतिमार्फत दर्शकलाई
मनोरञ्जन प्रदान गर्नेछन्। कार्यक्रममा गायक प्रह्लाद तिमिल्सिना
तथा मिलन अमात्यले सांगीतिक प्रस्तुती दिनेछन्। एवार्डका लागि
पछिल्लो समयमा थपिएका फ्रेस फेस अफ द इयर तथा मोस्ट पपुलर एवार्ड
(नायक र नायिका) को मनोनयन भने सार्वजनिक गरिएको छैन। कार्यक्रम
स्थानिय समयअनुसार साँझ ६ बजे प्रारम्भ हुनेछ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects