मोडल अफ द इयर


प्रतियोगिता प्रारम्भ भएको उद्घोषसँगै सहभागी १७ जना युवा मञ्चमा देखिए ।
युवाहरूपछि पालो आयो ११ जना युवतीको । त्यसपछि प्रतियोगीहरू ट्रेडिसनल तथा
डिजाइनर वेयर प्रस्तुत भए । भव्य स्टेजमाथि सहभागीहरूको आकर्षक प्रस्तुति लोभलाग्दो
थियो ।
फेसन डिजाइनर सन्तोषी श्रेष्ठले डिजाइन गरेको पहिरनले सहभागीहरूको व्यक्तित्वमा
सुगन्ध छरेको देखिन्थ्यो भने लुजा मेकअप स्टुडियोको मेकअप तथा हेयरस्टाइलले
सहभागीहरूको सुन्दरतामा निखार ल्याएको थियो । सहभागीहरूको प्रस्तुतिसँगै
गायकद्वय रूपक डोटेल र कोसिस क्षेत्रीको सांगीतिक प्रस्तुतिले कार्यक्रम संगीतमय
भएको थियो । उत्कृष्ट १६ हुँदै अन्तत: पुरुष र महिला गरी अन्तिम ८ जनाले फाइनल राउन्डमा
प्रवेश पाए । एउटा सामूहिक प्रश्नको उत्तर दिने क्रममा उत्कृष्ट उत्तर दिँदै व्यावसायिक
मोडलको परिचय बनाइसकेकी सोनी खड्काले महिलातर्फको मोडल अफ द इयरको मुकुट
आफ्नो शिरमा सजाइन् । सोनीले बेस्ट वाक तथा फोटोजेनिक एवार्डमा समेत कब्जा
जमाइन् । पुरुषतर्फ भने सुवास पराजुली मोडल अफ द इयर चुनिए ।
नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको यो प्रतियोगितामा आलोक कार्की मोस्ट
ट्यालेन्टेड, श्रृयान्स अदुकिया र अदिति जैसवाल मोस्ट पपुलर, विष्णु अर्याल सोसल वर्कर,
अमित साँगाछें र सुप्रभा कुँवर बेस्ट पर्सनालिटी घोषित भए । यसैगरी अभिषेक गिरी मोस्ट
फोटोजेनिक, सक्षम श्रेष्ठ बेस्ट वाक, मनिष श्रेष्ठ मिस्टर ह्यान्डसम र प्रियंका मानन्धर
मिस ब्युटिफुल चुनिए । मोस्ट जेनुयनमा पंकज प्रसुन, मोस्ट चार्मिङमा खुसी बस्नेत, मोस्ट
सिन्सियरमा रणधीर शाह, मोस्ट डिसिप्लिनमा विकाश लम्साल, बेस्ट स्किनमा अविश
शाक्य र श्लेष अधिकारी तथा बेस्ट हेयरतर्फ रोजी भुषाल विजयी भए

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects