नेपाल्स फेस अफ द इयर


रिवन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन हुन लागेको बालबालिकामा लक्षित
प्रतियोगिता 'नेपाल्स चिल्ड्रेन अफ द इयर'मा ७ देखि १३ वर्ष उमेर समूहका १५ जना
बालबालिका अन्तिम प्रतिस्पर्धाका लागि छनौट भएका छन्। यसैगरी युवतीहरूमा
लक्षित 'नेपाल्स फेस अफ द इयर'मा २१ जना प्रतियोगी अन्तिम प्रतिस्पर्धाका लागि
छानिएको बताइन्छ। दुवै प्रतियोगिताका लागि दुई चरणमा सम्पन्न अडिसनबाट अन्तिम
प्रतिस्पर्धाका लागि ती सहभागीहरू तय गरिएका हुन्। दुवै प्रतियोगिताका
सहभागीहरूको फोटोसेसनसँगै ग्रुमिङ सेसन पनि अघि बढेको छ। दुवै प्रतियोगिता एकै दिन
एउटै मञ्चमा आउँदो असोज ११ गते सम्पन्न हुनेछ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects