काठमाडौं । सम्झना रौनियार निर्देशित चलचित्र ‘मेघा’ लन्डनमा आयोजना हुने ‘१८ औ लन्डन एसियन फिल्म फेस्टिबल’ का लागि छनोट भएको छ । आगामी ४ मार्चदेखि सुरु हुने फेस्टिबल १३ मार्चसम्म चल्नेछ ।
महोत्सवमा मेघा कुन दिन प्रदर्शन हुने भन्ने टुंगो लाग्न बाँकी रहेको निर्देशक रौनियारले बताइन् । टङ्स अन फायर नामक गैरसरकारी संस्थाले वर्षेनी फिल्म फेस्टिवल आयोजना गर्दै आएको छ ।
सबस्ता इन्टरटेनमेन्टको ब्यानरमा निर्मित मेघामा नम्रता श्रेष्ठ, रेमनदास श्रेष्ठ, सिद्धार्थ कोइराला, भिन्तुना जोशी, अग्रज केसी, ध्रुव कोइराला लगायतका कलाकारको अभिनय रहेको छ ।
उक्त फिल्ममा गोपाल योञ्जनको संगीत, वनिष शाहको सम्पादन र कमल राईको नृत्य रहेको छ ।



0 comments:
Post a Comment