सेनझेन – चीनको गुआंगडोंग प्रान्तमा रहेको सेनझेन शहरमा गएको भीषण पहिरोबाट माटो हटाउने काम क्रममा ७० घण्टापछि माटो मूनीबाट एक जना युवकलाई जिउँदै उद्दार गरिएको छ । गत आइतबार गएको पहिरोमा परेर ३३ जना घाइते भएका छन् भने २ जनाको मुत्यु भएको थियो । अझै ७४ जना अझै बेपत्ता छन् ।
७० घण्टापछि जिउँदै मानिस कसरी निकालियो ?
१९ वर्षिय तियान जेमिङ एक भवनमूनि पुरिएका थिए । मगंलबार राती १ बजे उनको लोकेशन पत्ता लागेपछि साडे दुई घण्टापछि उनको उद्दार गरियो । उनले ढुंगाले हिर्काएर आफू जीवित रहेको संकेत दिइरहेका थिए । निकाल्दा उनी बोल्न पनि नसक्ने अवस्थामा थिए । मेडिकल सर्विस पछि तियारले उनीसगैं अर्का एक व्यक्तिलाई पनि जीवित उद्दार गरिएपनि उनको उपचारको क्रममा मृत्यु भएको थियो
घटना कसरी भएको थियो ?
सिनुवाका अनुसार आइतबार सेनझेनको लियुक्सी इंडस्ट्रियल पार्क एरियामा पहिरो गएको थियो । जमिन फाटिएपछि ग्यासको पाइपलाइन बिग्रन जाँदा घटना अझै गम्भिर हुन पुगेकाने थियो । ४ किलोमिटर दुरीसम्म आवाज फैलिएको स्थानियहरुले बताएका छन् ।










0 comments:
Post a Comment