फागुनमा फागु चलचित्र आउने

अभिनेत्री तथा निर्मात्री करिश्मा मानन्धरको चलचित्र ‘फागु’ फागुन ७ गतेदेखि प्रदर्शनमा आउने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन आयोजित गर्दै चलचित्रको ट्रेलर तथा गीति संग्रह सार्वजनिक गरिएको छ ।

सार्वजनिक गरिएको ट्रेलरमा अभिनेत्री शिल्पा पोखरेल प्रस्तुत भएकी छिन् । चलचित्रमा शिल्पासँगै राजेश हमाल, गौरी मल्ल, सुवास पराजुली, प्रमोद अग्रहरि, टीका पहारी, वसन्त भट्ट, विष्णु सापकोटा आदिले अभिनय गरेका छन् । सम्झना उप्रेती रौनियारद्वारा निर्देशित यो चलचित्र नारी प्रधान विषयमा तयार पारिएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects