गीतसंगीतमा अब्बल देखिएको चलचित्र ‘प्रेमगीत’मा समावेश ‘म त अलपत्रै पर्छु’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोख्रेलको संगीतमा तयार भएको गीतमा स्वरुपराज आचार्य र अञ्जु पन्तको स्वर छ ।
माघ २९ गतेबाट प्रदर्शनमा आउने यो चलचित्रको शिर्ष गीतले सफलता पाइसकेको छ । डाक्टर कृष्णहरी बरालको शब्दमा बुनिएको गीत सुन्दा मिठास छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार पूजा शर्मा र प्रदिप खड्कालाई फिचरिङ गरिएको छ । सुदर्शन थापाले निर्देशन गरेको यो चलचित्रलाई सन्तोष सेनले निर्माण गरेका हुन् ।
प्रेममा अलग भएपनि मायालुलाई संझिएर वियोगान्त शैलीमा चलचित्रका मुख्य पात्रले यो गीत गाएका छन् ।



0 comments:
Post a Comment