विग आईकनको पाचौं अडिसनमा ४३ जना

विग आईकनको यो सिजन अन्तरगत पाँचौ चरणसम्म आईपुग्दा ४३ जना प्रतिस्पर्धीहरु छनौट भएका छन् । चौथो चरणको अडिसनमा सहभागी भएका ६२ जना प्रतिस्पर्धीहरुमध्येबाट उनीहरु पाँचौ चरणका लागि छानिएका हुन् । विग आईकनको छैठौं संस्करणमा कुल ९ सय ३ जनाले सहभागिता जनाएका थिए ।

श्यामसुङ तामाङ, विनोद बानियाँ, गायक कर्णदास, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा सम्मिलित निर्णायकहरुले प्रतियोगिहरुको छनोट गरेका थिए । पाचौं चरणको अडिसन मंगलबार हुने आयोजक विग एफएमले जनाएको छ ।

छैटौं संस्करणको बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects