जिन्दगी भ्रम हो । भ्रमबाटै हाम्रो जीवन चलिरहेको छ । नत्र जीवन बाँच्ने बहाना पनि हराउँदो हो । यो यथार्थ एक जना सेलिब्रेटी हुन नसकेका कलाकारको कुरा सुनेपछि थाहा भयो ।
०००
पाँच वर्षअघिदेखि हास्य श्रृंखलामा हिट भएका एक जना कलाकार सार्वजनिक जीवनबाट हराएका छन् । उनी बेपत्ता हुनुको कारण अरू केही होइन, नेपाल टेलिभिजनमा प्रसारण हुने उक्त टेलिश्रृंखला बन्द हुनु हो । टेलिश्रृंखलाका बीचमा ती कलाकार नयाँ शैलीमा देखिएका थिए । निर्देशकको बोलाबाला भएकाले उनी दुई–चार दृश्यमा देखा पर्थे । कथाको छेउ–टुप्पोसँग उनको सम्बन्ध हुँदैनथ्यो, तैपनि उनको अभिनय अचम्मले राम्रो भैदियो । यही शैलीलाई दर्शकले मन पराइदिए । हेर्दाहेर्दै उनी लोकप्रिय भए । कतिपय जिल्लाका महोत्सवहरूमा उनी जोक सुनाउने कलाकार पनि बन्न पुगे । यो लोकप्रियता निर्देशकलाई मन परेन अथवा यसो भनौं, निर्देशकले उनीबाट असुरक्षित महसुस गर्न थाले । बिस्तारै उनको भूमिका कट्दै गयो र एक सातामा एउटा दृश्यमा मात्र देखिन थाले । जति उनको भूमिका कट्दै जान्थ्यो, तनाव पनि बढ्दै जान्थ्यो । टेलिभिजनमा कम देखिन थालेपछि दर्शकले पनि उनलाई बिर्सदै जान थाले ।
०००
टेलिश्रृंखलामा जम्नुअघि उनी मेकअपम्यान थिए । मेकअपम्यान हुनुअघि उनी स्पट ब्वाय थिए । स्पटब्वार्य हुनुअघि रत्नराज्य कलेजको विद्यार्थी । रत्नराज्य कलेजमा भर्ना हुनुअघि उनी एउटी युवतीको प्रेममा थिए ।
एक दिन कुरैकुरामा उनकी प्रेमिकाले सोधिन्– भविष्यमा के बन्न चाहन्छौं । के छ योजना ?’
तिमी मलाई जे बनाउन चाहन्छौ, म त्यही बनेर देखाइदिन्छु । प्रेममा धेरै शक्ति हुन्छ ।
त्यसो भए तिमी हिरो बन्न सक्छौं त ?
म हिरोकी श्रीमती बन्न चाहन्छु ।
उनले केही भन्न सकेनन् । किनभने आफ्नी प्रेमिकाले हिरो नै बन्न अफर गर्लिन् भनेर उनले कल्पनामा पनि सोचेका थिएनन् ।
०००
लक्ष्य राखेपछि के हुँदैन, सबैथोक हुन्छ । उनी हिरो बन्ने लक्ष्यका साथ काठमाडौं आए । उनी मेरै चिनजानका भाइ भएकाले आफ्नो प्रेमको दुखेसो पोखे । हिरो बन्छु भनेर रोइकराइ गर्न थाले । मैले उनलाई हिरो त होइन, हिरोको सहयोगी अर्थात् स्पटब्वायमा जागिर लगाइदिएँ । उनले चाँडै बुझे कि स्पट ब्वाय कहिल्यै हिरो हुन सक्दैन, त्यसैले उनी मेकअपको तालिम लिन थाले । बिस्तारै क्यामेरा चलाउन थाले अनि हास्य टेलिश्रृंखलाको निर्देशकसँग रोइकराइ गरेर सानोतिनो भूमिका गर्न थाले । दुर्भाग्य भनौं कि सौभाग्य, उनका दुईवटा डाइलग खुबै हिट भए । जसै उनी हिट हुन थाले, निर्देशकको कोपभाजनमा परिहाले । उनको भूमिका छोट्टिन थाल्यो । आजभोलि टेलिश्रृंखला नै बन्द छ । चर्चित कलाकार त हराउने जमानामा उनको खोजी कसले गरोस् ?
०००
आजभोलि उनकी प्रेमिका मलाई फोन गर्छिन् । उनको खोज खबर गर्छिन् । उनलाई म कसरी बताउँ, आजभोलि उनी विदेश जान कुकको तालिम लिइरहेका छन् ।

No comments:
Post a Comment