प्रेमको सम्बन्ध हृदयवाट हुन्छ
नीता ढुंगाना, नायिका
- प्रेम गर्ने व्यक्ति दयालु हुन्छ, ऊ कसैप्रति क्रूर हुन सक्दैन ।
- प्रेम एउटा त्यस्तो सत्य हो, जसलाई कसैले नकार्न सक्दैन ।
- प्रेम मनबाट गरिन्छ, तर यसको सम्बन्ध ह्दयसँग पनि हुन्छ ।
- प्रेम एउटा शाश्वत अनुभूति हो, जसलाई हरेक व्यक्तिले जीवनमा एकपटक अनुभूति गरेकै हुन्छ ।
- प्रेम केवल प्रेम हो, यो एउटा भावना हो ।
- प्रेम लेख्ने शब्द होइन, एउटा अनुभूति मात्र हो ।
- प्रेमले मानिसलाई पूर्णता प्रदान गर्छ ।
- प्रेममा कुनै सीमा हुँदैन, न यसको कुनै गन्तव्य नै हुन्छ ।
- प्रेममा सु:ख पनि हुन्छ, दु:ख पनि हुन्छ ।
- कहिलेकाहीँ प्रेम डरलाग्दो पनि हुन्छ, किनभने यसले मानिसको जीवन बर्बाद समेत बनाइदिन सक्छ ।
- प्रेम प्राकृतिक प्रक्रिया पनि हो । एउटा निश्चित उमेर पुगेपछि जो पनि प्रेममा पर्न सक्छन् । यो स्वभाविक पनि हो ।
- एक–अर्काबीच कुनै कुराले आकर्षित गरिरहेको छ भने त्यहाँ पक्कै पनि प्रेम हुन्छ ।



0 comments:
Post a Comment