अर्जुन संकल्प

हास्यटेलिश्रृंखला भद्रगोलका दुई कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री ब्रो’ ले यो वर्ष ‘कमेडी’ चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

भद्रगोललाई अझ स्तरीय र परिमार्जित स्वरूप दिँदै चलचित्र निर्माणको सपना पूरा गर्ने अर्जुनको भनाइ छ । ‘अहिले स्क्रिप्टको काममा सक्रिय छौं, चाँडै हामीले निर्माण गर्ने चलचित्रको शीर्षक सार्वजनिक हुनेछ,’ अर्जुन भन्छन्– ‘हामी जोडी नै यो चलचित्रलाई पूर्णता दिने तयारीमा छौं ।’

उनीहरूले निर्माण गर्ने चलचित्रमा सामाजिक विषयवस्तुमा आधारित रहेर हास्यव्यंग्यको प्रचुर प्रयोग गरिने अर्जुनले बताए । अर्जुनका अनुसार राम्रा भनिएका थुप्रै चलचित्रभन्दा उत्कृष्ट काम गरेर चलचित्रलाई सफल बनाउन मेहनत गरिनेछ । त्यसका अतिरिक्त यो वर्ष सामाजिक काममा उल्लेखनीय सहभागिता जनाउने संकल्प पनि लिएको अर्जुन बताउँछन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects