लिला राई बनिन्, ‘क्यापिटल कुइन नेपाल–२०१६’


काठमाडौ– खोटाङकी लिला राईले क्यापिटल कुइन नेपाल–२०१६को ताज जितेकी छन् । एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको क्यापिटल कुइन नेपाल–२०१६को अन्तिम प्रतिस्पर्धामा १२ जना युवतीहरुलाई पछीपार्दै लिला राई विजेता बनेकी हुन् । उपाधीसंगै लिलाले मोस्ट इन्टेलिजेन्टको उपाधीपनि आफ्नो पोल्टामा पारिन् ।
राष्ट्रिय नाचघर जमलमा हिजो सोमबार १० गते भएको अन्तिम प्रतिस्पर्धामा क्यापिटल कुइन नेपाल–२०१६को फस्ट रनरअपको ताज सृजना चापागाईले आफ्नो शिरमा पहिरिदा सेकेन्ड रनरअपको ताज सरिता थापा मगरले जितेकी छिन् । क्रमश थर्ड रनरअपको उपाधी दिपा मंग्रातीले जित्दा फोर्थ रनरअपको उपाधी मनिशा राईले जितेकी छिन् । उपाधी विजेताहरुले ताज, ट्रफी र विभिन्न गिफ्ट ह्याम्परहरु पाएका छन् ।
त्यस्तै सबटाइटलमा बेस्ट ट्यालेन्टको उपाधी एलिशाले आफ्नो पोल्टामा पार्दा बेस्ट फोटोजेनिकको उपाधी बर्षा राईले जितिन् । बेस्ट फोटोजेनिकको छनौट क्यापिटल कुइन नेपाल–२०१६को अफिसियल फोटोग्राफर विशाल चौतारी डटकमका सम्पादक विशाल राईले छनौट गरेका थिए । त्यस्तै क्रमश ः बेस्ट क्यटवाक मनिशा राई, बेस्ट पर्शनालिटि एलिना तामाङ, बेस्ट हेयर समिक्षा सिंह, बेस्ट स्किन लेञ्जु श्रेष्ठ, बेस्ट ड्रेस दिपा मंग्राती, मोस्ट स्मार्ट सरिता थापा मगर, मोस्ट एक्टिभ जानकी कार्की, मोस्ट पपुलर दिपा मंग्राती, मोस्ट विउटिफुल सृजना चापागाई र मोस्ट कन्फिडेन्ट मञ्जु रेग्मिले जिते ।
कार्यक्रममा साङ्गीतिक माहोलपनि निकै राम्रो बनेको थियो । चर्चित गायिका तायाहाङमा राईले ‘हरेक दिन’ र ‘कोही छ’ बोलको गीत प्रस्तुत गरेकी थिइन् । त्यस्तै अन्य कलाकारहरुलेपनि नृत्य प्रस्तुत गरेका थिए ।
अन्तिम प्रतिस्पर्धाका जजहरु क्रमशः चर्चित कोरियोग्राफर कला सुब्बा, अभिनेता गजित विष्ट, व्युटिसियन नेपालको विनर गौरा राई क्षेत्री, अभिनेत्री क्षितिजा शाक्य र डक्टर निर्भाना थापा रहेका थिए । प्रतियोगीहरुलाई एमाजोन इन्टरटेन्मेन्टका अफिसियल कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफी गरेकी थिइन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects