वाशिंगटन डिसी –विश्वको सम्राट राज्य न्युयोर्कमा गत मे २२ तारिख हरेक वर्गका मानिसहरुको जीवनको यात्रालाई परिकल्पना गर्दै तयार पारिएको नेपाली चलचित्र ‘जिन्दगी रक्स’ प्रदर्शन गरिएको छ ।
उक्त चलचित्रको अवलोकन पश्च्यात न्यूयोर्कमा रहेका नेपाली दर्शकले राम्रो सकारात्मक प्रतिक्रिया दिँदै राम्रो चलचित्र लागेको बताएका छन् ।
चलचित्रमा अकेशा बिष्ट, सौरम राज तुलाधर, प्रक्रिती श्रेष्ठ, सोनम पाह्रिन, बिक्की पुलामी, मकन राइ, रिचा शर्मा ,राजेन्द्र खड्की तथा बिनोद मैनालीको मुख्य भूमिका रहेको छ । निकेश खड्काको निर्देशन तथा निर्माता विरेन्द्र राज तुलाधर तथा सुजाता श्रेष्ठको संयुक्त हातेमाले रहेको छ ।
चलचित्र नायिका अकेशा बिष्ट पत्रकारिता विषयमा न्युयोर्कमा अध्ययनरत छिन भने उक्त चलचित्रका नायक सौरम राज तुलाधर पनि अभिनयको लागि न्युयोर्क मै अध्यनरत छन् ।
नायिका अकेशा बिष्ट तथा नायक सौरम राज तुलाधरले विदेशमा त्यस्मा पनि न्युयोर्कमा आफूले अभिनय गरेको चलचित्र प्रदर्शन गर्नु र नेपाली दर्शक माझसँगै हेर्न पाउनु हाम्रो लागि सौभाग्य हो भने । हामीले अभिनय गर्ने हो तर दर्शकले चलचित्रलाई मुल्यांकन गर्ने हो भन्दै दर्शकले राम्रो भनि दिएकोले हामी निकै उत्साहित भएको नायक तुलाधर तथा नायिका बिष्टले एकै स्वरमा बताए ।
नेपालमा प्रदर्सन भईसकेको चलचित्र ‘जिन्दगी रक्स’ ले नेपालीहरुको उत्साह्जनक समर्थन र प्रशंसा पाएको थियो । नेपालमा राम्रो चर्चा बटुलेको कारण न्यूयोर्कमा उक्त चलचित्रको माग भएकोले प्रदर्शन गरिएको हो ।
कलाकारहरु नायिका बिष्ट तथा नायक तुलाधरको साथै बिक्की पुलामी पनि न्यूयोर्क आइपुगेका छन् । मे २२ २०१६ आईतवार न्यूयोर्कको ह्योल्मो सामुदायिक चलचित्र मन्दिरमा प्रदर्सन गरिएको चलचित्रमा न्यूयोर्कमा बस्ने नेपालीहरुको बाक्लो उपस्थितीले नेपालबाट आएका कलाकार र आयोजक सैलेश श्रेष्ठ निकै उत्साहित भएका छन् ।




0 comments:
Post a Comment