चलनचल्तीका नायिकाहरूले गीत गाउन थाले । रेखा थापा, प्रियंका कार्की, छुल्ठिम गुरुङपछि अब पालो नायिका, हास्यअभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको । दीपाकै निर्देशनमा निर्माण भैरहेको चलचित्र ‘६क्का पञ्जा’का लागि दीपाश्रीले एउटा गीत गाएकी छिन् ।
निर्देशक तथा निर्माता आफैं भएपछि हातमा डाडु–पन्यु भएकाले उनले गीत गाउनु नौलो कुरा होइन, तर केही सातामै सार्वजनिक हुने उक्त गीतमा दीपाश्रीको आवाज कुनै व्यवसायिक गायिकाको भन्दा कम सुनिएको छैन । चलचित्रको पर्दामा भने उक्त गीतमा चलचित्रका तीन नायिका प्रियंका कार्की, नम्रता सापकोटा वा वर्षाराउतमध्ये एक जनाले अभिनय गर्नेछन् ।
सुदूरपश्चिमेली शैलीको उक्त गीतमा संगीतकार दीपक शर्माको संगीत छ । टेलिनायिका, नायिका, मोडल, हास्यअभिनेत्री, निर्मात्री, स्क्रिप्ट लेखिका हुँदै निर्देशक पनि भएकी दिपाश्री निरौलाले पाश्र्वगायन पनि गरेपछि भन्न करै लाग्छ— भगवान्ले कसैकसैमा भएभरका सबै प्रतिभा भरेर पठाउँदारहेछन् ।



0 comments:
Post a Comment