नायक रमित ढुंगानाले अमेरिका बस्दा भोगेको कथामा चलचित्र बनाउने निधो गरेको पाँच वर्षभन्दा बढी भैसकेको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनी नेपालमै रहेको तथ्यलाई केही विदेशीले बङ्ग्याएर बुद्धको जन्म भारतमा भएको कुरा सुनेपछि उक्त गलत बुझाइमाथिको पर्दा हटाउने अभियानमा नायक ढुंगानाले चलचित्र ‘बुद्ध बर्न इन नेपाल’को परिकल्पना गरेका थिए ।
उक्त परिकल्पनामा निर्माण भएको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ आज शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शन हुँदैछ । अमेरिका र नेपालमा छायांकन भएको यो चलचित्रमा उच्च अध्ययन गर्न अमेरिकामा गएको एक युवक आफ्नो युनिभर्सिटीमा समेत बुद्धको जन्म भारतमा भएको सुनेपछि बहस गर्न थाल्छ ।
एक–दुई जनासँगको बहसले मात्र बुद्धको जन्म नेपालमै भएको थियो भन्ने तथ्य संसारसामु पुर्याउन नसक्ने अनुभव गरेपछि उसले एउटा अभियान थाल्छ । उक्त अभियानले संसारभर ‘बुद्ध वाज बर्न इन नेपाल’को सन्देश फैल्याउँछ । अमेरिकामा शम्भु मोक्तान र नेपालमा दीर्घ गुरुङले खिचेको यो चलचित्रका निर्माता रमित ढुंगाना हुन् ।
निर्देशक : ज्ञानेन्द्र देउजा
संगीत : सुरेश अधिकारी
कलाकार : रमित ढुंगाना, अशिष्मा नकर्मी, अमित ढुंगाना, नीर शाह, मिथिला शर्मा आदि ।



0 comments:
Post a Comment