आफूले पढेको कुरा राम्रोसँग मनन गर्नुपर्छ । शिक्षकले पढाइरहेका बेला त्यसैमा ध्यान केन्द्रित गर्नुपर्छ ।
देखेको, हेरेको वा सुनेको कुरा सजिलै ग्रहण गर्न शरीर स्वस्थ हुनुपर्छ । त्यसैले राम्रोसँग निदाउने, ताजा खानेकुरा खाने तथा पर्याप्त पानी पिउने ।
आफूले नजानेको वा स्पष्ट नभएको विषयमा साथीहरूसँग छलफल गर्न सकिन्छ ।
दिनभर कक्षामा पढेको कुरा घरमा गएर अभ्यास गर्ने ।
कुनै पनि कुराको ज्ञान हासिल गर्नुपरे शिक्षक वा पाठ्यपुस्तकमा मात्र निर्भर रहनु हुँदैन । इन्टरनेट, अन्य पुस्तक आदिको माध्यमबाट पनि धेरै कुरा सिक्न सकिन्छ ।
परीक्षा आएपछि मात्र किताब घोक्ने होइन, अरू बेला पनि एउटा तालिका बनाएर नियमित रूपमा पढ्न लेख्न बस्नुपर्छ ।



0 comments:
Post a Comment