बार्रोकाइ चप्पल अब नेपालको बजारमा

काठमाडौं–युरोपको बजारमा ख्याति कमाएको इटालीयन डिजाइनको चप्पल बार्रोकाइ अब नेपालको बजारमा पनि प्रवेश गरेको छ । गर्मी तथा वर्षात्को मौसमका लागि अत्यन्त उपयुक्त फेसनेबल चप्पल बार्रोकाइ अत्यन्त कडा र उच्च गुणस्तरीय लचकदार रबडबाट बनाइएको छ भनें यो विभिन्न आकर्षक स्टाइलहरुमा उपलब्ध रहेको छ ।

धेरै टिक्ने र आरामदायी मानिएको यो चप्पल घर, कार्यालय लगायत अन्य औपचारिक कार्यक्रमहरु एवं पार्टीहरुमा समेत प्रयोग गरेर आफूलाई अरुभन्दा भिन्न देखाउन सकिनेछ ।
हाल हर्ट्स र फ्लोरल डिजाइनजमा उपलब्ध बार्रोकाइको हर्ट्स डिजाइन निलो, हरियो, गुलाबी, रातो र कालो रङ्गमा तथा फ्लोरल डिजाइन निलो, रातो र कालो रङ्गमा उपलब्ध छन् । यो चप्पललाई नेपालको अनलाइन बजारमा चिरपरिचित केमु मार्फत् सिधै खरीद गर्न सकिनेछ । केमुले आफ्ना ग्राहकहरुका लागि यस चप्पलको खरीदमा यही २०७३ जेठ १२ गतेसम्म विशेष छुट योजना पनि संचालन गरेको छ । जस अनुसार बार्रोकाइको हर्ट्स डिजाइन अनलाइन खरीद गर्दा परिचयात्मक मुल्य रु.८०० मा १० प्रतिशत र फ्लोरल डिजाइन अनलाइन खरीद गर्दा परिचयात्मक मुल्य रु.९०० मा १० प्रतिशत छुटको व्यवस्था गरेको छ । चप्पल हाल ३६, ३७, ३८, ३९ र ४० नम्बरको साइजमा मात्र पाइन्छ ।
एशिया प्यासिफिक इन्टरनेट समुहद्वारा प्रवद्र्धित केमुले क्रेता र बिक्रेता दुवैका लागि आपसी छलफल गर्ने मन्च उपलब्ध गराउँदछ र स्मार्ट फोनदेखि लिएर कम्प्युटरहरु, कपडाहरु, सामानहरु र घरायसी उपकरणहरु र अन्य धेरै वस्तुहरुका बारेमा यथेष्ट सूचना दिई उत्कृष्ट कारोबारको मौका दिलाउँछ । यही अनलाइन कारोबारको गन्तीमा अब केमुले बार्रोकाइ चप्पललाई पनि समावेश गरेको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects