हेर्नुहोस् ‘छक्का पन्जा’को नयाँ गीत, दीपक र प्रियंकाकाे गजबको प्रेम




भदौ २४ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा’को नयाँ गीत रिलिज गरिएको छ । ‘हम्रा त तम्रा बाहेक को छ र’ बोलको गीत सार्वजनिक गर्दै निर्माणपक्षले प्रचारलाई आक्रामक बनाएको छ ।

आमा सरस्वती गीता देवी फिल्मस्को प्रस्तुतीमा तयार भएको चलचित्रको यो गीतमा कृष्ण काफ्ले र दीपाश्रीको स्वर छ । यो चलचित्रलाई दीपाश्रीले नै निर्देशन गरेकी हुन् ।

शान्तिपि्रयले लेखेको यो गीतमा दीपक शर्माको संगीत छ । पश्चिमेली शैलीको यो गीतको भिडियो पनि रोचक बनेको छ । विपिन मल्लको सम्पादन रहेको चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन छ ।

चलचित्रका मुख्य कलाकार दीपकराज गिरी र प्रियंका कार्कीलाई यो गीतमा फिचरिङ गरिएको छ । साथमा चलचित्रका मुख्य कलाकारहरु जीतु नेपाल, केदार घिमिरे, नम्रता सापकोटा, शिवहरी पौडेल, बर्षा राउत, वुद्धी तामाङलाई पनि गीतमा देखाइएको छ ।

गीतपछि कलाकार वुद्धी तामाङको छोटो संवाद समावेश गरिएको छ, जसले दर्शकलाई हसाँउछ । ‘६ एकान ६ र वडा नम्बर ६’पछि दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले यो चलचित्र निर्माण गरेका हुन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects