फिल्ममा गुन्यू चोली, बाहिर यति हट ‘सुन्तली’की सुरजनी





कथावस्तुलाई सस्पेन्स राख्दै निर्देशक ऋषिराज आचार्य आफ्नो नयाँ चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’को प्रचारमा दौडिएका छन् । उनले कथावस्तुको बिषयमा भने-‘हामीले अहिलेसम्म नेपाली चलचित्रमा नउठाइएको बिषयलाई लिएर चलचित्र बनाएका छौ । साउन २१ गते चलचित्र हलमा लागेपछि दर्शकले पनि थाहा पाउनुहुनेछ ।’

उनले यसपटक केही नयाँ र केही पुराना कलाकारलाई विश्वास गरेका छन् । सुशान्त कार्की, सुशिल सिटौला, सुरजनी केसी चलचित्रका लागि पुराना पात्र हुन् । नयाँ अनुहारको रुपमा रीजा भुषाललाई देखाइएको छ ।

यो चलचित्रको शिर्ष भूमिकामा सुरजनी केसी छिन् । जसले चलचित्रमा गुन्यू चोली लगाएकी छिन् । तर, बाहिर भने यी सुन्दरी हट भएर हिड्न रुचाउँछिन् ।
पूर्णतया कमेडी कथामा बनेको यो चलचित्रमा आफू उत्साहित रहेको निर्देशकको भनाई छ । उनले थपे-‘दर्शक चलचित्र अवधीभर हाँस्नु हुनेछ । तर, हामीले दर्शकलाई हसाँउँदै नेपाली परिवेशको गहन कथा पनि उठान गरेका छौ

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects