हमालले हेरे ‘तीन घुम्ती’, ऋचा र केकी पनि हल पुगे

शनिबार देशका अधिकांश हलमा राम्रो व्यापार गरेपछि चलचित्र ‘तीन घुम्ती’का नायक सुशान्त कार्की दंग छन् । उनले दर्शक, चलचित्रकर्मी र पत्रकारले आफ्नो कामको प्रशंसा गरेको भन्दै खुशी व्यक्त गरे ।

बाबुराम ढकाल निर्देशित यो चलचित्रलाई कर्मा प्रोडक्शनले निर्माण गरेका हो । चलचित्र शुक्रबारदेखि देशभर रिलिज भएको छ । चलचित्रको विशेष शोमा नायक राजेश हमाल पनि पुगेका थिए । हमाल सार्वजनिक कार्यक्रममा खासै पुग्दैनन् । तर, उनलाई ‘तीन घुम्ती’ले आकषिर्त गर्‍यो ।
चलचित्र हेर्न केकी अधिकारी, ऋचा शर्मा लगायतका नायिका पनि वीग सिनेमा पुगेका थिए । चलचित्र हेरेपछि उनीहरुले नायिका गरिमा पन्तको कामको तारिफ गरे ।

गरिमा पन्त, सुशान्त कार्की, ध्रुव दत्त लगायतका कलाकारको अभिनय रहेको यो चलचित्र साहित्यकार वीश्वेश्वरप्रसाद कोइरालाको चर्चित कृति ‘तीन घुम्ती’मा आधारित छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects