प्रियंका थपलिया बनिन् ५ औं मिस नेपाल युएस


न्युयोर्क, भदौ ५ – नर्थ
क्यारोलिनाकी प्रियंका
थपलियाले ५ औ मिस नेपाल
युएस उपाधि जितेकी छिन् ।
प्रतियोगितामा उत्कृष्ठ
१० मा छनौट परेका
सहभागीहरुलाई उछिन्दै
प्रियंकाले उक्त उपाधि
जित्न सफल भएकी हुन् ।
नेपाल अमेरिका सुन्दरी प्रतियोगितामा मिनेसोटाकि कौशिला लामा
फस्ट रनरअप तथा र टेक्सासकी नेहा झा सेकेण्ड रनरअप बन्न सफल भएकी छिन् ।
यसै गरि मिस पर्सोना लिटिमा दिव्या भण्डारी , मिस फोटोजेनिकमा
प्रियंका थपलिया, मिस ट्यालेन्टमा नेहा झा, मिस कल्चर एंड टुरिजममा शारुन
गामी, मिस पपुलरमा स्मृति गिरी, मिस डिसीप्लेनमा सुनिता पुन तथा मिस
बेस्ट वाकमा कौशिला लामा भएका छन् ।
न्युयोर्कमा आज साँझ ६ बजे
देखि सुरु भएको उक्त
कार्यक्रम न्युयोर्कस्थित
नैतिक संस्कृति संगीत सभा
कक्षमा भएको थियो ।
नेपालको पुनर्निर्माणमा
सहयोग गर्ने उद्धेश्यले
आयोजना गरिएको ५ औ
मिस नेपाल युएस
प्रतियोगिताको लागि
बलिवुडकी अभिनेत्री
मनिषा कोइराला तथा
अभिनेता गुलशन ग्रोभरको
सहभागिता रहेको थियो ।
यसै गरि प्रतियोगिताको लागि सीएनएन तथा फक्स न्युजका पूर्व ख्याती
प्राप्त समाचार वाचिका किरण छेत्री तथा २०१० कि विश्व सुन्दरी
प्रतियोगिताकी प्रथम उपबिजेता ईमा वारस तथा अन्य अन्तरराष्ट्रिय स्तरका
विशिष्ट व्यक्तिहरुको सहभागिताको बीच सांस्कृतिक कार्यक्रम सहित
भब्यताको साथ सम्पन्न भएको छ ।
पाँचौ मिस नेपाल युएस प्रतियोगितामा अमेरिकाका बिभिन्न राज्यहरुबाट
अन्तिम १० स्थानमा पर्ने प्रतियोगिहरुमा बिभुति बराल, लस् एन्जेलसकी
दिव्या भण्डारी, म्यारिल्याण्डकी ज्योत्शाना पराजुली, ओहायोकी
कौसली लामा, मिनेसोटाकी सनेहा झा, टेक्सासकी प्रियंका थपलिया, नर्थ
क्यारोलिनाकी रचना ज्ञवाली, मिनेसोटाकी स्यारोन गामी, न्युयोर्ककी
सस्मृति गिरी र क्यालिफोर्नियाकी सुनिता पुन रहेकी थिइन् ।
कार्यक्रमको उद्घाटन न्युर्योक स्थित नेपाली महावाणिज्य दुतावासका
महावाणिज्यदुत नारायण प्रसाद मैनालीले गरेका थिए । मुख्य आयोजक मिस
नेपाल युएस हो भने कार्यक्रमको सभापतित्व डा बिनोद शाहले गरेका थिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects