सुनिता गुरुङको नयाँ तीज गीत ‘नाच्छु म त छमछम’


काठमाडौं, भदौ २ – नव गायिका सुनिता गुरुङ यसपालीको तीजमा घरमै
नाच्ने भएकी छिन् । मंगलबार उनले ‘नाच्छु म त छमछम’ बोलको गीत युट्युबमार्फत
सार्वजनिक गर्दै घरमै रमाएर तीज मनाउन सकिने बताइन् ।
उनले भनिन्, ‘ पहिले–पहिले तीजमा माइतै जानुपर्ने चलन रहेपनि अब आफ्नै घरमा
रमाएर तीज मनाउन सकिन्छ ।’ घरमै तीजको पुजापाठ, नाचगान गरेर श्रीमानसँगै
बसेर रामाइलो गरी तीज मनाउन सकिन्छ भन्ने आशय उनको नयाँ गीतमा रहेको
छ ।
‘पोहोरको तीजमा नाचेँ साथिसँग, अहिलेको तीजमा नाच्छु उनैसँग’ भन्ने
सुरुवाती बोल रहेको गीत सुनिताको स्वर र शब्दमा सजिएको छ । गीतमा केटा
पक्षबाट लोकगायक जीवन परियारले स्वर दिएका छन । तीज गायिकाहरुको
भीडमा आफ्नो गीतले छुट्टै खालको मनोरञ्जन दर्शक श्रोतालाई दिने
सुनिताले बताइन ।
सुरुवाती अवस्थामै राम्रो प्रतिक्रिया पाएकोले आफु सन्तुष्ट रहेको उनको
भनाइ छ । नेपाली कला संगमको कोषाध्यक्षसमेत सुनिताले संगमले ल्याउँदै
गरेको ‘वनारसी सारी’ मा पनि स्वर दिएकी छिन । वनारसी सारीमा सुनिता
गुरुङ, रिना बम, गायक जीवन परियार र अर्जुन नेपालीले संयुक्त रुपमा स्वर भरेका
छन ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects