५ बर्षपछि नायक निखिल
उप्रेती पर्दामा फर्किएका
छन् । मधेसका कथालाई मुख्य
बिषय बनाएर उनले निर्देशन
तथा अभिनय गरेको
चलचित्र ‘भैरव’ आजबाट
हलमा लागेको छ ।
चलचित्रमा उनी ‘भैरव खरेल’
नाम गरेका प्रहरीको
भूमिकामा छन् । चलचित्रमा अनु शाह, मुरलिधर लगायतका कलाकार पनि छन् ।
निखिल उप्रेतीले देखाएको स्टारडमको छनक फेरि फर्किन्छ या फर्किदैन भन्ने
प्रश्नमा यतिबेला ‘भैरव’ देखिएको छ । चलचित्र चलेको खण्डमा नेपालमा फेरि
एक्सन बिषयमा चलचित्र बन्ने पक्का छ । निखिल र विराज भट्ट भारतमा
हराएपछि नेपालमा एक्सन भन्दा लभस्टोरी चलचित्र धेरै चलेका थिए ।
आजैको दिन चलचित्र ‘रेशम फिलिली’ पनि प्रदर्शनमा आएको छ । वैशाख ११
गते चलेर ७१ लाख ग्रस कलेक्शन गरेको चलचित्रलाई वैशाख १२ मा आएको
भुकम्पले ठूलो असर गरेको थियो । ठ्याक्कै ४ महिनापछि यो चलचित्र पनि
हलमा लागेको हो । विनय श्रेष्ठ, मेनुका प्रधान, कामेश्वर चौरासियाको मुख्य
भूमिका रहेको यो चलचित्र कमेडी शैलीमा आधारित छ । यो चलचित्रले वैशाख
११ मा कमाएको व्यापारलाई निरन्तरता दिन्छ या दिदैन भन्ने प्रश्न अहिले
सोझिएको छ ।
आजैबाट नेपाली बजारमा सैफ अली खान र कटि्रना कैफ अभिनित चलचित्र
‘फ्यान्टम’ पनि प्रदर्शनमा आएको छ । चलचित्र ‘होस्टेल रिटन्र्स’ भने आजबाट
दोश्रो हप्तामा प्रवेश गरेको छ ।
Comment from facebook



0 comments:
Post a Comment