नेपाल आमा रोएको हेर्न सक्दिनः नन्दिता


वासिंगटन डिसी । नेपाली
नायिका नन्दिता केसीको
अमेरिका भ्रमण लगभग
सकिएको छ । उनी अगस्त ३०
मा नेपाल फर्किदै छिन् ।
नन्दिताले नेपालका भूकम्प
पीडितको सहयोगार्थ
क्यालिफोर्नियामा
भएको नेपाल दिवसमा
सहभागी भई आफ्नो
प्रस्तुति समेत दिइन् ।
उनको यो पहिलो अमेरिका भ्रमण हो । त्यसकारण पनि नन्दिता दंग छिन् ।
यहाँको रहन सहन देखेर आफुलाई अमेरिकाले मोहनी लगाएको बताइन् ।
नेपालबाट के लिएर अमेरिका आउनु भएको थियो भन्ने प्रश्नको जवाफ दिंदै
नन्दिताले भनिन ‘नेपाली चलचित्र उद्योगको बारेमा विश्वलाई चिनाउन
मुलुकको प्रतिनिधित्व गरेर आएकी हुँ ।’

अमेरिकी व्यस्त जिवनमा पनि समय व्यवस्थापन गर्दै नेपाली कलाकारप्रति
चासो राख्ने धेरै नेपाली भेटिन् । अमेरिकावासी नेपालीले देखाएको माया,
सद्भाव, समर्थन र सकारात्मक धारणाले कलाकार उत्साहित भएको उनको
भनाई थियो ।
संवाददाताहरुसँग कुरा गर्दै नन्दिताले भनिन् – ‘टीकापुर घटनाले भाबुक
बनाएको छ । यो दर्दनाक घटना हो ।’ एक नेपालीले अर्को नेपालीलाई गरेको
अमानवीय ब्यबहारप्रति आफु चिन्तित रहेको उनको भनाई छ ।
आफु जहाँ गएपनि नेपाल र नेपालीलाई सम्झिरहने बताउँदै नेपाल आमा रोएको
कहिल्यै हेर्न नसक्ने धारणा राखिन् ।
अमेरिकाले नेपाली कलाकारलाई राम्रै सम्मान दिएको बुझेकी नन्दितालाई
लाग्छ । धेरै कलाकार अमेरिका आउनुको एउटा कारण यो पनि हो ‘अमेरिकाले
इज्जत र पैसा दुबै दिन्छ ।’
अमेरिकामा बस्ने नेपाली कलाकारले नेपाली कला, संस्कृति र संगीतलाई
निरन्तरता दिएकोमा खुसी ब्यक्त गरिन् उनले ।
नेपाली चलचित्र, कला र संस्कृतिको लागि विदेशमा बसेर पनि काम गर्न
सकिने कुरा अमेरिका भ्रमणमा महसुस गरेको नन्दिताको भनाई थियो ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects