पोखरा । युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको उज्वल भविष्य निर्माण गर्ने
उद्देश्य सहित ब्लुरेज प्रोडक्सन प्रालिको आयोजनमा हुन लागेका सौदर्य
प्रतियोगीता ‘मिस डिभा २०१५’का प्रतियोगिहरु प्रशिक्षमा जुटेका छन् ।
विभिन्न अडिसबाट
अन्तिम स्पर्धाका लागि
छानिएका रेजिना गुरुङ,
साल्मा गुरुङ, श्रृष्टि
आचार्य, सलोनी पुन,
निर्मला गुरुङ, उषा बराल,
अमिशा बराल, ज्योत्सना
आचार्य, यूकी क्षेत्री,
ऐश्वर्या तण्डुकार, जश्मी
क्षेत्री, विनिता गुरुङ,
समना बैदार,विना गुरुङ,
शुस्मिता पुन, सुस्मिता थापा मगर, र सनिता कराखलगायत १६
प्रतियोगीहरुको अहिले आफ्नो प्रतिभा निखार्न पोखराको चिप्लेढुंगा
स्थित डि भिलेज रेष्टुरेण्टमा प्रशिक्षण लिइरहेका छन् । यी सबै प्रतियोगीको
एउटै उदेश्य रहेको छ आफ्नो प्रतिभा निखार्दे ताज हत्याउने । प्रशिक्षणमा
क्रममा प्रतियोगीले बक्तित्व कला, नेतृत्व विकास, व्यक्तित्व विकास तथा
डिजे प्रशिक्षण लिइरहेको प्रतियोगीताका अर्डिनेटर सागर बाबु गिरीले
जानकारी दिए । बिभिन्न खन्डनमा बिभाजित प्रशिक्षणको पहिलो
खण्डमा स्टेज पर्फर्मेन्स, नर्भस कन्ट्रोल र बक्तित्व कला बिस्तारका बिषयमा
हिमालय टेलिभीजनका पोखरा व्यूरो प्रमुख एवं द मिडियाज कलेक्शनका
अध्यक्ष जीवन सुवेदीले प्रशिक्षण दिएका छन् । त्यस्तै दोस्रो खन्डमा सलिना
गुरुंग, अनुषा श्रेष्ठ र प्रनभ गुरुंगले क्याटवाक प्रशिक्षण दिए । प्रतियोगीलाई
विट्स एकेडेमीका डिजे सस्पोईजन र डिजे सनिसले डिजे सम्बन्धी प्रशिक्षण
दिएको ईभेण्ट म्यानेजर सागर आचार्यले जानकारी दिए । यही भदौ २६ गते
प्रतियोगीताको अन्तिम स्पर्धा हुनेछ । प्रतियोगीतामा शिर्ष सहित फष्ट
रनरअफ,सेकेन्डरनर अफका साथै बिभिन्न दर्जन बिधामा बिजेता छानिने छ ।
प्रतियोगीताको सुपरभिजन रिभन ईण्टरटेन्मेन्ट काठमाडौ र सुरज कुमार गुरुंङले
गरिरहेका छन् ।



0 comments:
Post a Comment