विजय सुवेदी ‘आवाज’
नायक निखिल उप्रेतीले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘भैरव’ भोली
अर्थात शुक्रबारबाट नेपालका केही स्थानमा प्रदर्शनमा आउँदैछ । चलचित्र
सेन्सर बोर्डले उनलाई तराइका विभिन्न जिल्लामा चलचित्र नचलाउने गरि
‘पीजी’ सर्टिफिकेट दिएको छ । ५ बर्षपछि चलचित्र क्षेत्रमा कमब्याक गर्न
लागेका निखिल उप्रेतीले सेन्सरको झमेला, चलचित्रप्रतिको अपेक्षा र ट्रेलरमा
संवाद कपी गरिएका बिषयमा अनलाइनखबरसँग यसरी भनाई राखेका छन् :
चलचित्र सेन्सर बोर्डले मेरो चलचित्रलाई पास गर्न अप्ठ्यारो मान्यो । यसको
मुख्य कारण मधेसमा भैरहेको आन्दोलन र चलचित्रको कथावस्तु नै थियो । यो
समयमा चलचित्र चलाउँदा मधेसमा असर पर्छ कि भन्ने सोचेर होला, सेन्सरले पास
गर्न सकेन ।
यसपछि चलचित्रलाई गृहका उच्च तहका पदाधिकारीहरुले हेर्ने कुरा भयो ।
सोही समयमा टिकापुर घटना पनि भयो । टिकापुर घटनापछि गृहमा कामको
प्रेसर बढेको थियो । तर, पनि उहाँहरुले मेरो चलचित्र हेर्नु भयो । चलचित्र हेरेपछि
उहाँहरुले मलाई केही समयपछि रिलिज गर्न आग्रह गर्नु भएको थियो ।
तर मैले प्रचारमा नै आफ्नो लाखौ सकिएको भन्दै अब फेरि प्रचार गर्न नसकिने
बताए । उहाँहरुले हरेक नेपालीले ‘भैरव’ चलचित्र हेर्नुपर्छ त भन्नुभयो तर पछि
चलाउन आग्रह गर्नुभयो । तर, पछि चलचित्रलाई तराइका केही जिल्लामा
नचलाउने शर्तमा ‘पीजी’ सर्टिफिकेट दिइएको हो ।
हो, चलचित्रको ट्रेलर सार्वजनिक भएपछि मलाई चोरीको आरोप पनि लाग्यो
। तर, म खुलेरै भन्छु मेरो चलचित्रको छायांकन सकिदा साउथको चलचित्र ‘टेम्पर’
रिलिज भएको थिएन । तर, यो चलचित्रको २ वटा संवाद मैले टिपेकै हो । यो
संवाद मात्र चलचित्रमा मिलेको छ । मलाई चोरीको आरोप लगाउनेहरुलाई
चलचित्र हेरेपछि आफै लज्जा वोध हुन्छ । यो कतैको कथा होइन, हाम्रै देशमा
घट्ने घटना हो ।
५ बर्षपछि चलचित्र क्षेत्रमा फर्किएका कारण पनि मलाई एक प्रकारको प्रेसर
त छ । आफूले आफूलाई च्यालेञ्ज गरेको छु मैले । हुनत, म सधै आफू माथि नै चुनौती
दिन रुचाउने मानिस हुँ । अब नेपाली चलचित्रले विस्तारै विदेशी चलचित्रलाई
विस्थापित गर्नुपर्छ । यसको सुरुवात ‘भैरव’ले गरेको छ । हाम्रा दाजुभाई
विदेशमा गएर गर्मीमा काम गरेर देशमा पैसा पठाउँछन् ।
हामी त्यही पैसा लिएर विदेशी चलचित्र हेर्न हलमा जान्छौ र बर्षमा करोडौ
रुपैयाँ विदेशमा पठाउँछौ । यो भन्दा लाजमर्दो कुरा केही पनि हुन सक्दैन । मेरो
चलचित्र हेरेपछि सेन्सर र गृहका पदाधिकारीले यस्ता चलचित्र बनेको खण्डमा
विदेशी चलचित्र आफै विस्थापित हुदै जाने बताउनु भएको थियो ।
हामी नेपालीपन बोकेको चलचित्र भन्ने वित्तिकै दौरा सुरुवाल र फरिया
चोली लगाएका चलचित्रलाई मात्र वुझ्छौ । तर, धोती, कुर्ता पनि त
नेपालीपन बोकेकै हुन् नि । हामी उत्कृष्ट भन्दा उत्कृष्ट चलचित्र बनाऔं,
विदेशी चलचित्र आफै विस्थापित हुन्छन्, चल्न दिनु हुदैन भनेर कराउनै पर्दैन ।



0 comments:
Post a Comment