नायिका रेखा थापाले सामाजिक संस्था ‘रक्षा नेपाल’मा रहेका महिला तथा बाकिलाई तीजको
कोशेली दिएकी छिन् । रक्षा नेपालको संरक्षणमा रहेका ३५ जना महिला तथा
बालिकाहरुले ‘रक्षा नेपालको दर एवं चेतनामुलक’ कार्यक्रममा रेखाले उनीहरुलाई
कुर्ता सुरुवाल उपहार दिइन् ।
नायिका थापाले कार्यक्रममा रक्षा नेपालसँग आफ्नो प्रगाढ सम्बन्ध रहेको बताइन् । उनले यो
संस्थाकी अभियान्ता मेनुका थापाको प्रशंसा गर्दै उनी जसता १० जना मात्र
नारीहरु हुने हो भने नारीहरु उत्पिडनमा नपर्ने बताइन् । मेनुकाले आफूसँग
भएका सबै छोरीहरु रेखा थापा जस्तै बनुन् भन्ने चाहना राखेकी थिइन् ।



0 comments:
Post a Comment