काठमाडौं । ‘मिस यूथ नेपाल-२०१५’ का प्रतिस्पर्धिले आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।
ट्यालेन्ट शोमा सहभागी ३१ सहभागिले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
सहभागिहरुले नृत्य, गायन, अभिनय, कवितावाचन, वतृत्वकला आदि विधामा आफ्नो प्रतिभा
प्रस्तुत गरेका हुन् ।
सहभागिले शुल्क बिना नै सहभागिता जनाएको यो सौन्दर्य प्रतियोगिताका प्रतिस्पर्धिहरु विगत
तीन सातादेखि क्याटवाक, व्यक्तित्व विकाससहितका विधामा प्रशिक्षण लिइरहेका छन्
।
कला सुव्वाले कोरियोग्राफ्री गरिरहेको यो प्रतियोगितामा दिनेश डिसी, सुमन
दाहाल, गायक राजेश पायल राई, बलिउड चलचित्र निर्देशक सन्तराम, फोटोग्राफर शिवलाल श्रेष्ठ,
कलाकार विजय लामा प्रशिक्षक रहेका छन् । व्यक्तित्व विकास सञ्चार क्षमता, मोटिभेसन आदि
विषयमा प्रशिक्षकले प्रशिक्षण दिएका थिए ।
प्रतियोगिताको थिम सङ केहि दिनअघि विभिन्न गायक-गायिकाको स्वरमा रेकर्ड भैसकेको छ ।
कार्यक्रम व्यवस्थापक जनक खड्काका अनुसार सौन्दर्य प्रतियोगिताको विकास र यूवा प्रतिभाको
सम्मान गर्न आयोजना गरेको यो सौन्दर्य प्रतियोगिताले समाजमा सकारात्मक सन्देश दिनेेछ ।



0 comments:
Post a Comment