विश्व चर्चित पप गायिका मेडोनाले सधै नै विभिन्न खालका हर्कत
गर्छिन् । उनी यस्तै कामका लागि चर्चित छिन् । हालै मात्र उनी एक
कार्यक्रमका लागि तयारी गर्दै थिइन् ।
तयारीका क्रममा एक पुरुष डान्सर तयारी कक्षमा ढिलो आइपुगे ।
यसपछि, मेडोना उनीप्रति रिसले आक्रोश भइन् । उनले ती डान्सरलाई
आफ्नो खुट्टा चुम्न भनिन् । सुरुमा त उनको यो क्रियाकलापलाई पुरुष
डान्सरले मजाक मात्र संझिएका थिए ।
तर, मेडोनो यो काम रमाइलोका लागि गरेकी थिइनन् । यसपछि, ती पुरुष
डान्सर घु“डा टेकेर बसे र मेडोनाको खुट्टामा चुमे । यो घटनाले अहिले खुबै
चर्चा पाइरहेको छ ।
यसअघि पनि सीएनएनका एक पत्रकारलाई मेडोनाले यस्तै हर्कत देखाएकी
थिइन् ।



0 comments:
Post a Comment