असोज ८ अर्थात शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘भाले
फाइट’ले अहिले विस्तारै चर्चा पाइरहेको छ । चलचित्रलाई लिएर यसका
कलाकार आशातित देखिएका छन् । खस्कदो करिअरलाई बचाउनका
लागि नायक बाबु बोगटी र नायिका रीमा विश्वकर्मालाई यो
चलचित्र चल्नु नै पर्छ ।
नारीको कथामा आधारित यो चलचित्रको एक तस्बिर निर्माणपक्षले
उपलब्ध गराएको छ । जसमा नायक बाबु बोगटी र नायिका रीमा
विश्वकर्मा बिहे बन्धनमा बा“धिएको देख्न सकिन्छ ।
चलचित्रमा रीमा र बाबुलाई हा“स्य कलाकार सन्दिप क्षेत्रीले पनि
साथ दिएका छन् । भोजबहादुर गुरुङको प्रस्तुतीमा तयार भएको
चलचित्रलाई अशोक राइले निर्देशन गरेका हुन् ।
बास्तविक जीवनमा बाबु बिबाहित भएपनि रीमा भने अविवाहित छन् ।
तर, पनि रीमाले भने चलचित्रमा भएपनि बिबाहको अनुभव संगालेकी छिन्
।
नामले पुरुषको कथालाई चित्रित गरेपनि चलचित्र भित्र भने रीमा नै
हाबी देखिएकी छिन् ।



0 comments:
Post a Comment