पानी पुरी चटपटे शीर्षकमा पशुपति शर्मा र जानकी तारामी मगरले गाएको गीत यो वर्षका सर्वाधिक हिट तीजमा पर्न सफल भैसकेको छ । गीतको म्युजिक भिडियो युट्युबमा ८ लाख पटक हेरिएको छ । मोजमस्तीका कारण सम्पन्न व्यक्ति कसरी विपन्न हुन्छ र उसले जीवन चलाउन सानो पेसा अँगाल्न बाध्य हुनुपर्छ भन्ने भाव झल्काउने यो गीत हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गरेर तयार गरिएको हो । दर्शक श्रोताबाट अपेक्षा गरेभन्दा राम्रो माया र प्रतिक्रिया पाएको गायिका जानकी तारामीले बताइन् । एकता फिल्म्सको ब्यानरमा बब्बु थापाले निर्देशन गरेको यो गीतको म्युजिक भिडियोमा पशुपति र जानकीले नै अभिनय गरेका छन् । यसअघि पशुपति र जानकीले नै गाएको ढाड दुखेर मार्यो शीर्षकको गीतलाई पनि दर्शकले उत्तिकै रुचाएका थिए । जानकीले यो वर्ष पाँचवटा तीज गीत गाएको बताउँदै भनिन्– ‘राम्रो सिर्जनाबाट दर्शकको माया पाइँदो रहेछ भन्ने कुरा पानी पुरी चटपटेले पुष्टि गरेको छ ।’ ०६७ सालदेखि जानकीले दोहोरी गायनमा करिअर सुरु गरेकी हुन् ।



0 comments:
Post a Comment