जुम्बामा झुम्यो पोखरा


जहाज रेस्टुराँका रूपमा परिचित लेकसाइडको एयर नानडोज रेस्टुराँमा गत साता बेग्लै पार्टी सम्पन्न भयो ।

उक्त पार्टी डान्स पार्टी नभएर जुम्बा पार्टी थियो । उक्त अवसरमा ज्याप्सन जुम्बा एन्ड फिटनेस सेन्टरले पोखराका जुम्बा प्रशिक्षक तथा जुम्बा पारखीहरूलाई एक ठाउँमा जमघट गराएको थियो । डान्ससँगै कसरत पनि हुने यो पार्टीमा कम्मर हल्लाउँदै डान्समा रमाउनेहरूको भीड रात परेपछि अझ बढ्दै गयो । जुम्बा मास्टर स्मिथ तामाङ कार्यक्रमको विशेष आकर्षण रहे । उनले पार्टीमा सहभागीहरूलाई जुम्बाको स्टेप सिकाएका थिए । 

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects