भोली प्रदर्शित हुने चलचित्र वडा नम्बर ६


टेलिचलचित्र ‘तीतो सत्य’, ‘जिरे खुर्सानी’ तथा ‘मेरी बास्सै’का कलाकारलाई ठूलो पर्दा अर्थात् चलचित्रमा अभिनय गराउँदै यसअघि चलचित्र ‘छ एकान छ’बाट सफलताको स्वाद चाखेका निर्माता दीपकराज गिरी, निर्मल शर्मा तथा दीपाश्री निरौलाले अर्को चलचित्र ‘वडा नम्बर ६’ निर्माण गरेका छन् जुन चलचित्र भोली शुक्रबार देशभरि एकसाथ सार्वजनिक हुँदैछ । जितु नेपाल, केदार घिमिरे ‘माग्ने बुढा’, कुञ्जना घिमिरे ‘सुन्तु’, आदि पनि निर्माता रहेको यो चलचित्रमा यसपटक पनि दर्शकहरूलाई हँसाउने प्रयास गरिएको छ । 

चलचित्र ‘वडा नम्बर ६’ मा निर्माताहरू दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरेका साथमा सीताराम कट्टेलले दर्शकहरूलाई पर्याप्त हँसाउने छन् । उनीहरूलाई अभिनेता दयाहाङ राई तथा प्रियंका कार्कीले साथ दिएका छन् । चलचित्रमा विल्सनविक्रम राई, सन्दीप क्षेत्री, दीपाश्री निरौला पनि छन् । यो हास्य प्रधान चलचित्रमा फरक–फरक पृष्ठभूमिका लफंगा जीवन बिताइरहेका युवाहरू एउटा विशेष उद्देश्यका लागि एक हुन्छन् । उनीहरूले उक्त उद्देश्य प्राप्तिका क्रममा गरेका क्रियाकलापले दर्शकहरूलाई निकै मनोरञ्जन दिने निर्माण पक्षको दाबी छ । चलचित्रका दुई गीत ‘वाहियात लभस्टोरी’ र ‘सुर्के थैली’ लोकप्रिय भैसकेका छन् ।
निर्देशक : उज्ज्वल घिमिरे
संगीत : सुगम पोखरेल, राजनराज शिवाकोटी
कलाकार : दीपकराज गिरी, प्रियंका कार्की, दयाहाङ राई, जितु नेपाल, केदार घिमिरे, सीताराम कट्टेल आदि ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects