ब्रिटिस गोर्खा परिषदमा मिस नेपाल सुविन लिम्बु

बेलायतमा रहेका नेपालीहरुको संस्था ब्रिटिस गोर्खा नेपाली परिषदको नेपाल च्याप्टरको संयोजकमा मिस नेपाल सुविन लिम्बुलाई चयन गरेको छ । कलाकारिता, पत्रकारिता, खेलकुद, संगीत र साहित्य क्षेत्रमा कार्य गर्दै आएको उक्त संस्थामा लिम्बु चयन भएकी हुन् । 
परिषदको सहसंयोजकमा प्रविन पुमा, कोषाध्यक्षमा सम्झना राई, सदस्यहरुमा नृत्य निर्देशक गोबिन्द राई, पत्रकार अशोकप्यासी राई, फोटो पत्रकार नविन गुरुङ, साहित्यकार स्वप्नील स्मृती, प्रकृती थलङ, पत्रकार युवराज गौतम, ताराप्रकाश लिम्बु, मनोज नेम्बाङ र विमला भण्डारीलाई पनि चयन गरेको छ । उक्त संस्थाले उत्कृष्ट नेपाली प्रतिभाहरुलाई बार्षिक रुपमा ‘ब्रिटिस गोर्खा अवार्ड’ प्रदान समेत गर्ने भएको छ । परिषदका उपाध्यक्ष तथा प्रवक्ता किरण टी लिम्बुले पाँच विधामा उत्कृष्ट स्रष्टा तथा प्रतिभाहरुलाई उक्त अवार्ड प्रदान गरिने जानकारी दिए । कलाकारिता, साहित्य, पत्रकारिता, संगीत र खेलकुद क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा उच्च योगदान पुर्‍याउने नेपाली प्रतिभालाई अवार्ड प्रदान गरिने बताए । अवार्ड आगामी बर्ष देखि बर्षेनी प्रदान गरिने छ । 
नेपालमा एकमात्र जिवीत भिक्टोरिया क्रस विजयी क्याप्टेन रामबहादुर लिम्बुले गोर्खाली बन्नलाई कठोर संघर्ष गर्नुपर्ने भएकाले सबैले राष्ट्रको नाम उच्च राख्नलाई संघर्ष गर्न आग्रह गरे । त्यसै इतिहासविद तथा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले ब्रिटिस गोर्खा सैनिकहरुले विभेदका बिच पनि बहादुरी देखाएको प्रति प्रशंसा गरे ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects