तीज मा एक महिलाको म्रित्यु पुरा समाचार पड्नुहोस

काठमाडौं–नेपाली महिलाहरूले हरितालिका तीज आज मनाउँदैछन् ।
प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न
सांस्कृतिक कार्यक्रममा सहभागी भई यो चाड मनाउने गरिन्छ ।
भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन
सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । भगवान शिवको
आराधना गर्दै नाचगान (1)मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना
दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक
संस्कृति हो । पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका
का रण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने
चिन्तासमेत थपिएको छ । आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथ
मन्दिर परिसरलगायत देशभरमा शिवालयहरुमा महिला ब्रतालुको ठूलो
भीड लागेको छ । तीजको अवसरमा पशुपतिमा देखिएको तीजको केहि
तस्बीर हेर्नुहोस

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects