म्युजिक अपडेट  Leave a comment
मिडिया एनपी, काठमाडौं, ३० भदौ । नेपालमा ट्राफिक नियम
उल्लङ्घन गर्दा धेरैको सडक र सवारी दुर्घटनाबाट ज्यान जाने गरेको
बताउने गरिन्छ । र यसैक्रममा यसको न्यूनीकरणका लागि महानगरीय
ट्राफिक प्रहरी महाशाखाले ट्राफिक जनचेतना जगाउने खालका
गीत सार्वजनिक गरेको छ ।
विशेष गरी युवा अवस्थाका विद्यार्थीहरुले ट्राफिक नियमको
पालना नगर्दा सवारी दुर्घटनाबाट अकालमा ज्यान गुमाउने गरेका
छन् । यसैले ट्राफिक नियम पालना गर्न उत्साह र प्रेरणा दिने खालको
गीत सार्वजनिक गरेको हो । यस गीतमा नेपाल टेलिभिजनबाट
प्रशारण हुने ‘भद्रगोल’ टेलिसिरियलका कलाकार हरिस निरौला
(कक्रोज)ले आफ्नो अभिनय मार्फत सबैलाई ट्राफिक नियम पालन
गर्न प्रेरणा दिएका छन् ।
कलेज पोशाकमा अभिनय गरेका कक्रोजले ‘गौरवशाली
विद्यार्थीको नमुना म बन्छु’ बोलको गीत मार्फत युवा तथा
विद्यार्थीहरुलाई कलेज जाँदा, बाटोमा, विद्यालय बसमा पालना
गर्नुपर्ने नियम तथा कलेज पुगेर गुरुहरु प्रति निर्वाह गर्नुपर्ने कर्तव्यका
बारेमा सिकाएका छन् ।
महानगरी ट्राफिक प्रहरी महाशाखाको प्रस्तुती रहेको ‘सेतो
टोपी’ गीति एल्वमको उक्त गीतको शब्द जयबहादुर चन्दको रहेको छ
। स्वर श्रयसी चेमजोङ र सरोज ओलीको हो भने संगीत वसन्त
सापकोटाको रहेको छ । यस्तै निर्देशन भने स्वयम् गायक ओलीले नै
गरेका हुन् । गोकुल अधिकारीको छायांकन तथा अर्जुन पोखरेलले
सम्पादन गरेका हुन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects