काठमाडौं – विभिन्न कार्यक्रमहरु आयोजना
गर्दै आएको सिजन मिडियाले अबदेखि
कार्यक्रम व्यवस्थापनको पनि काम सुरु गरेको
छ ।
यहि भदौं २६ गते विश्वज्योती मल जमलमा
नेपाली नायिका करिष्मा मानन्धरको
हातबाट रिवन काटी हेल्दी होमको ७ औं
शाखा उद्घाटन कार्यक्रम सम्पन्न भएको
थियो ।
उक्त कार्यक्रममा सिजन मिडियाद्धारा
विगतमा आयोजना गरिएको सौन्दर्य
प्रतियोगीतामा विजेता भएकाहरु मिस इलेज
२०१३ की विजेता प्रज्ञा लामिछाने ,२०१५
कि विजेता सहारा श्रेष्ठ फष्ट रनरअप प्रसंसा
पौड्याल , एसएलसी प्रिन्सेज २०१४ र १५ का
वीजेताद्धय अलिसा श्रेष्ठ र अन्जु भण्डारी,
सलोनी भट्टराई , निलुफा थापा र मोडलहरु
पुजा खड्का र इरिना केसी ले फेशन सेन्टर
भाटभटेनीको ड्रेस डिजाइनमा साडी लेएङगा
आदी लगाएर ¥याम्पमा आफ्नो प्रस्तुती
दिएको थियो । त्यस्तै कलाकारहरु सन्जीव
क्षेत्रीले हसाएर दर्शकहलाई मनोरन्जन प्रदान
गरेको थियो भने , गायक दिप सागर थापा र
गायिका जमुना आचार्यले तिजको गितमा
दर्शकहरु नचाएका थिए ।
विभिन्न कार्यक्रमको आयोजना वाहेक सिजन
मिडियाले अवदेखि अरुले आयोजना गर्ने
कार्यक्रमलाई पनि व्यवस्थापनको
जिम्मेवारीको साथ कार्यक्रम गर्न लागिएको
सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज
वन्तले बताए ।



0 comments:
Post a Comment