नाडा अटो शो : गाडी र मोडलको आकर्षण (फोटोफिचर)


काठमाडौं – नेपालमा गाडीहरुको सबैभन्दा
ठूलो प्रदर्शनी नाडा अटो शो २०१५
मंगलबारबाट भृकुटीमण्डपमा शुरु भएको छ ।
नेपाल अटोमोबाइल डिलर्स एसोसियनले हरेक
वर्ष आयोजना गर्ने मोटरगाडी प्रदर्शनीको यो
दशौं संस्करण हो । असोज ३ गतेसम्म चल्ने यो
प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. रामशरण
महतले गरेका थिए ।
सरकारले सहयोग गर्ने अर्थमन्त्रीको
प्रतिबद्धता
प्रदर्शनीको उद्घाटन सत्रलाई सम्बोधन गर्दै
अर्थमन्त्री महतले सार्वजनिक सवारी साधनमा
भन्सार दर घटाउन र सहुलियत दिन सरकार तयार
रहेको बताएका थिए । उनले सरकारी
मापदण्डभित्र रहेको ठूला र युरो ३ स्तरीय
गाडीहरु भित्राए सरकारले सुविधा दिने पनि
उल्लेख गरे । उनले सरकारले यस क्षेत्रबाट राजश्व
उठाएर केही नगरेको भनेर निराश नहुन आग्रह गर्दै
सरकारले सडकलाई पनि प्राथमिकतामा
राखेको जानकारी दिए । उनले भने, सडक
विभागबाट मात्रै ५५ अर्ब रुपैयाँ लगानी
गरिएको छ ।
डा. महतले नेपालमा नै गाडीको एसम्बिलड्ड
उद्योग खोल्न र स्पेयर पार्टसमा भन्सार दर
घटाउन सरकारले सक्दो सहयोग गर्ने जनाए ।
उनले राजधानीमा यस्ता ठूला प्रदर्शनी गर्ने
स्थल नभएको बताउँदै सरकारले प्रदर्शनी गर्ने
उच्चस्तरीय स्थल चोभारमा बनाउने समेत
जानकारी दिए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects