माग्नेले दिपकलाई सोधे-‘हिट हुन दीपासँग लभको हल्ला फिजाउनै पर्छ’ ?


यतिबेला चलचित्र ‘वडा नम्बर ६’को यूनिटलाई चलचित्रको प्रचारले
छोएको छ । सडकदेखि विभिन्न कार्यक्रममा यसका कलाकार पुगिरहेका
छन् । सोमबार काठमाण्डौमा आयोजना भएको ‘म्यूजिक खबर म्यूजिक
अवार्ड’मा पनि यो चलचित्रको प्रचार खुबै गरियो । चलचित्र प्रचारका
लागि यसका मुख्य कलाकार दिपकराज गिरी, प्रियंका कार्की, केदार
घिमिरे र निमात्री दीपाश्री निरौला पुगेका थिए ।
सो समयमा कलाकारहरुले चलचित्रको प्रचार खुबै गरे । कलाकार केदार
घिमिरेले खुबै हसाँएका थिए । उनले व्यङ्ग्यात्मक शैलीमा दिपकराज
गिरीलाई सोधे-‘के हिट हुनका लागि दीपासँग लभ गरेको हल्ला
फिजाउनै पर्छ त’ ? केदारको मुखबाट यो कुरा निस्किएसँगै हलमा थपडी
बज्यो । दीपा भने लजाए जस्तो गरिन् ।
उनले आफू पनि चर्चित बन्नका लागि दीपासँग यस्तै चर्चा फैलाउन
कोशिश गरेको भन्दै रमाइलो गरेका थिए । कलाकार दिपकराज गिरीले
भने आफ्ना गुरु दिनेश डीसीको क्यारिकेचरमै समय बिताए । नायिका
पि्रयंका कार्कीले भने चलचित्र असोज १ गतेबाट चल्ने कुरा मात्र गरिन् ।
दिपकका सहकर्मी कलाकारहरुले नै उनी र दीपाको सम्बन्धको कुरा
कमेडी शैलीमा विभिन्न समयमा खोल्ने गरेका छन् ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects