बोर्डको ‘चलचित्रकर्मी कल्याणकोष’को संयोजकमा झरना थापा


नायिका झरना थापालाई चलचित्र विकास बोर्डले लामो समयदेखि
रिक्त रहँदै आएको ‘चलचित्रकर्मी कल्याणकोष सञ्चालक समिती’को
संयोजक पदको जिम्मा दिएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष
राजकुमार राइले जारी गरेको विज्ञप्तीमा नायिका थापालाई
नेपाली चलचित्रको विकास, विस्तार र प्रवर्द्धनमा योगदान पुर्याएको
भन्दै यो जिम्मेवारी दिइएको हो ।
यस्तै, कलाकार वसुन्धरा भुषाललाई कोषको संरक्षक पदको जिम्मा
दिइएको छ । यो कोषले छायांकनको सिलसिलामा दुर्घटनामा परि
घाइते भएका चलचित्रकर्मीहरुलाई उपचार खर्च पनि उपलब्ध गराउँदै आएको
छ । यो कोषबाट धेरै चलचित्रकर्मी लाभान्वित पनि भैसकेका छन् ।
नेपाल सरकारको तथा विभिन्न चलचित्र सम्बन्धी संघ संस्था र व्यक्तिको
सहयोगमा यो कोष संचालन हुँदै आएको छ । यस कोषमा प्राप्त रकमलाई
अक्षयकोषमा राखेर यसबाट प्राप्त ब्याजबाट चलचित्रकर्मीहरुलाई
आपत्त, विपत्त, विरामी परेको समयमा सहयोग गर्दैै आइएको छ । यो
कोषले चलचित्रकर्मीलाई अशक्तवृद्धी पनि प्रदान गर्दै आएको छ ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects