न्यू इयर सेलिब्रेसन

नववर्षको पूर्वसन्ध्यामा देशभर विभिन्न मनोरञ्जक कार्यक्रम आयोजित
हुँदैछन्। खासगरी तन्नेरीहरूलाई लक्षित गरेर थुपै्र स्थानमा डान्सपार्टीको तारतम्य
मिलाइएको छ। डान्सपार्टीमा रमाउन चाहनेहरूले चर्चित डिजेहरूको डिजेइङमा मध्यान्ह
१ बजेदेखि राति १२ बजे कटुन्जेल निरन्तर नाच्न पाउनेछन्,। यसपालि नयाँ वर्षकै अवसर छोप्दै
केही गायक पनि एकल प्रस्तुति दिने तयारीमा जुटेका छन्।
ढकाल सुमधुर साँझ
गायक रामकृष्ण ढकाल नयाँ वर्षको पूर्वसन्ध्यामा एकल गायनमा प्रस्तुत हुँदैछन्। तेस्रो पटक
'ढकाल सुमधुर साँझ' मार्फत सांगीतिक खुराक पस्कन लागेका ढकाललाई यसपालि उनकी
छोरी रानीले पनि साथ दिँदै छिन्। ढकाललाई दार्जीलिङको कानिर्भल
ब्यान्डसहितको २५ सदस्यीय अर्केस्ट्राले लाइभ म्युजिकमा सघाउनेछ। कार्यक्रम
दरबारमार्गस्थित याक एन्ड यति होटलमा हुनेछ। कार्यक्रममा गायक ढकाललाई ज्ञानु
राना, संगीता राना, विश्व नेपाली आदिले साथ दिनेछन्।
मधुशालामा उ र म
इभको अवसर जुराएर उदय र मनिला सोताङले दरबारमार्गस्थित मधुशाला रेस्टुराँमा विशेष
प्रस्तुति दिने भएका छन्। साँझ सात बजे प्रारम्भ हुने कार्यक्रममा सोताङ दम्पतीहरूले
आफ्ना चर्चित गीतसँगै सदावहार नेपाली तथा हिन्दी गीत सुनाउनेछन्। उदय र मनिलालाई
वाद्यवादनमा नवरत्न ब्यान्डले सघाउनेछ।
कलेज पुस्तासँग यसकुमार
'यस कुमार न्यू इयर इभ विथ इन्टरकलेज म्युजिक एन्ड डिजे पार्टी' शीर्षकको कार्यक्रममा
गायक यसकुमारले आफ्ना चर्चित गीतहरू सुनाउनेछन्। कालोपुलमा हुने कार्यक्रमको अर्को
आकर्षण विभिन्न कलेजका म्युजिकल ब्यान्डको सहभागिता रहनेछ भने उक्त अवसरमा डिजे
पार्टी पनि सञ्चालन हुनेछ।
झम्सिखेलमा नाइ नभन्नु ल
'नाइँ नभन्नु ल' का गायक प्रेम परियारले झम्सिखेलस्थित जिटिआर रेस्ट्रो एन्ड बारमा
आफ्नो प्रस्तुति दिनेछन्।
फेसन शोसँगै डान्सपार्टी
जमलस्थित मिसकल रेस्टुराँमा फेसन शोका साथमा डान्सपार्टीको आनन्द उठाउन
सकिनेछ। मध्याह्न १ बजे प्रारम्भ हुने कार्यक्रम तीन चरणमा सम्पन्न हुनेछ। फेसन शोमा
समरलाई लक्षित गरेर तयार पारिएका विभिन्न पहिरन प्रस्तुत गरिनेछ। यसैगरी फेसन शो
सकिएलगत्तै डिजे नक्सको डिजेइङमा भरपुर नाच्न पाइनेछ।
द ह्याङ ओभर नाइट
डान्सपार्टीमा रमाउन चाहने तन्नेरीहरूलाई लक्षित गरेर पुल्चोक स्थित मेकोनोप्सिस
बुटिक होटलमा डान्सपार्टी आयोजित हुँदैछ। साँझ ६ बजे प्रारम्भ हुने डान्सपार्टी राति
१० बजेसम्म चल्नेछ। उक्त कार्यक्रममा डिजे फिन्जोक तथा डिजे र्याविटले आगन्तुकहरूलाई
निरन्तर नचाउनेछन्।
न्यू इयर डान्सपार्टी
कलंकीको चौतारी पार्टी भेन्युमा मध्याह्न १ बजे नै डान्सपार्टी प्रारम्भ हुनेछ। वाइल्ड
वान्स इन्टरटेनमेन्टको प्रस्तुति रहने कार्यक्रममा डिजे अनिल, डिजे सुदीप तथा डिजे
रोनीको डिजेइङमा नाच्न पाइनेछ।
मिड नाइट इभ
नववर्षकै पूर्वसंन्ध्यामा ठमेलस्थित ह्यारी ग्यास्ट्रो बारमा 'क्लक स्टि्रक्स द मिड नाइट'
शीर्षकमा डान्सपार्टी हुँदैछ। त्यहाँ डिजे प्रनिज तथा डिजे क्यान्डीको डिजेइङमा साँझ
६ बजेदेखि नाच्न पाइनेछ। उक्त डान्सपार्टीलाई मेगा इभेन्ट नेपालले प्रस्तुत गर्न लागेको
हो।
हयातमा कन्सर्ट
पर्सि आइतबार बौद्धस्थित हयात रिजेन्सी ग्राउन्डमा नमस्ते कन्सर्ट-२०१४ हुँदैछ। नमस्ते
इन्टरटेन्मेन्टले आयोजना गर्ने उक्त कन्सर्टमा इन्डियन आइडल-३ का विजेता प्रशान्त
तामाङका साथमा राजेशपायल राई, डम्बर नेपाली, आस्था बी., शीतल-सुभानी
मोक्तान, डिजे तेन्जिङसहित अल्बाट्रस ब्यान्डको प्रस्तुति रहने आयोजक संस्थाका
सिईओ पाल्देन शेर्पाले बताएका छन्।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects