चीनको सेन्जेन सहरमा हालै सम्पन्न 'मिसेस् ग्लोब-२०१४' मा नेपालका
तर्फबाट सहभागी २८ वर्षीया रजनी थापाले लिडर अफ द इयरको अवार्ड जितेकी छिन् ।
ई प्लानेटको आयोजनामा सम्पन्न दोस्रो संस्करणको मिसेस नेपालकी विजेता रजनी
थापाले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको यो तेस्रो अवसर
हो । तीन वटै अवसरमा रजनी सफलताको स्वाद चाख्न सफल रहिन् । यसअघि उनी 'मिसेस्
ग्लोब- २०१३' मा नेपालका तर्फबाट सहभागिता जनाउँदै 'मिसेस फिलेन्थ्रोपी' विधाको
अवार्ड जित्न सफल भएकी थिइन् । यसैगरी मिसेस् युनिभर्स-२०१४ मा रजनीले ब्युटिफुल
लेडीको अवार्ड जितेकी थिइन् । मिसेस् ग्लोबको मुख्य उपाधिमा भने दक्षिण
अफ्रिकाकी रियाना मुईले कब्जा जमाइन् । प्रतियोगिताको फस्ट रनर्सअप
भियतनामकी न्गान हा नुगेन तथा सेकेन्ड रनर्सअप बेलारुसकी एना गोमोनोभा घोषित भए
।



0 comments:
Post a Comment