फ्लन्ट म्यागजिनको कभरमा प्रकाशित पामेला एन्डरसनको तस्बिर देखेर
धेरैले जिभ्रो टोके । तस्बिरमा ४८ वर्ष नाघेकी यी अभिनेत्रीले एक धर्सो
कपडा लगाएकी छैनन् ।
त्यसो त अंग प्रदर्शनका लागि पहिल्यैदेखि कहलिएकी अभिनेत्री हुन्
पामेला । तर यो उमेरमा उनले नग्न फोटोसुट गराउलिन् भन्ने ठानिएको
थिएन । प्रकाशित तस्बिरमा पामेलाको शरीरमा तीखा हिल भएको एक
जोडी जुत्ता बाहेक केही छैन । कपडा शून्य भए पनि चतुरतापूर्वक उनले
गोप्य अंगहरु भने लुकाएकी छिन् ।
कलात्मक पोज र क्यामरा एंगलिङले गर्दा तस्बिरमा उनी हद सेक्सी
देखिएको विश्लेषकहरु बताउछन् । यो तस्बिरलाई उनका १८ र १७ वषिर्य
छोराहरु ब्रान्डन र डिलनले कसरी लेलान् भन्ने कौतुहलता अहिले सर्वत्र
व्याप्त छ । पामेलालाई यी दुवै छोरा पूर्वपति टम्मी लीबाट प्राप्त
भएका हुन् ।
पामेलाको नग्न फोटोसुट गर्ने भाग्यमानी फोटोग्राफर हुन् डेभिड
लाच्यापेल । उनले आजसम्म फोटोसुटकै क्रममा पेरिस हिल्टनदेखि किम
कार्दसियनसम्मको शरीरका अंग-प्रत्यंगको दर्शन पाइसकेका छन् ।
तस्बिरको विषयमा प्रतिक्रिया दिदै पामेलाले श्रीमान टम्मीसँग
हुँदाखेरी आफूलाई खुलेर फोटोसुट गराउन धक लाग्ने गरेको बताएकी छिन् ।
फ्लन्ट म्यागजिनमै प्रकाशित अन्तरवार्तामा उनले भनेकी छिन्, ‘जब
हामी सँगै थियौं, फोटोग्राफरहरुको अगाडी खुल्न सरम लाग्थ्यो । उनी
बेलाबेलामा फोटोग्राफरमाथी जाइलाग्थे ।’




0 comments:
Post a Comment