सुन्दर नायिका रीमा विश्वकर्माको करिअर चलचित्र क्षेत्रमा खासै
जमेको छैन । उनले अभिनय गरेका थोरै चलचित्र मात्र छन्, तर खासै चलेको
पाइदैन । यसैले पनि रीमा सुन्दरता र प्रतिभा दुबै भएर पनि यो क्षेत्रमा
जसरी अगाडि बढ्नु पथ्र्यो, सकेकी छैनन् ।
उनै रीमाका लागि भोजबहादुर गुरुङले प्रस्तुत गरेको चलचित्र ‘भाले फाइट’
विशेष छ । शुक्रबारबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई लिएर
रीमा पनि उत्साहित देखिएकी छिन् । चलचित्रको नाम सुन्दा पुरुष पात्र
यसमा हाबी जस्तो देखिएपनि यो रीमाकै वरिपरी घुमेको चलचित्र हो ।
उनलाई चलचित्रमा सन्दिप क्षेत्री र बाबु बोगटीले साथ दिएका छन् ।
हुनत, यो मितिमा ३ वटा नेपाली चलचित्र प्रदर्शनमा आउनेछन् । तर, पनि
रीमाका लागि ‘भाले फाइट’को व्यापारले ठूलो अर्थ राख्छ ।
रीमा पनि चलचित्रको प्रचारमा आफ्नै तबरले लागेकी छिन् । कलाकार
बाबु बोगटीका लागि पनि यो चलचित्र चल्नु जरुरी छ । बाबुले गायनबाट
अभिनयमा हात हालेपनि सोचेजस्तो सफलता प्राप्त गर्न सकेका छैनन् ।
अशोक राइको निर्देशनमा तयार भएको यो चलचित्र चलेको खण्डमा
रीमा र बाबुको करिअरलाई ठूलो फाइदा पुग्नेछ । अहिले नेपाली चलचित्र
चल्ने मेसो आएको छ । यसैले पनि राम्रो चलचित्रलाई दर्शकले साथ दिन्छन्
भन्नेमा विश्वस्त छिन् रीमा ।



0 comments:
Post a Comment