सुरु भयो ‘लुकिमारी’, सौगातसँग रिस्ता र सुरविना


असोज
महिना
लागेपछि
धमाधम
चलचित्रको
छायांकन
सुरु
भएको


शुक्रबार
चलचित्र
‘लुकिमारी’को
पनि
छायांकन
सुरु
गरिएको


चलचित्रको
असोज

गतेबाट
छायांकन
प्रारम्भ
गरिएको
हो

श्रीराम दाहालको निर्देशनमा बन्न लागेको यो चलचित्रमा सुशन
प्रजापतिको छायांकन रहनेछ । चलचित्रमा नायक सौगात मल्लको
साथमा दुई सुन्दरी रिस्ता बस्नेत र सुरविना कार्कीले रोमान्स गर्नेछन् ।
लामो समयदेखि रंगमञ्चमा सक्रिय श्रीरामले यसअघि छोटा चलचित्र
पनि निर्देशन गरेका छन् । चलचित्रमा कर्मा, जेवी डीसी, प्रवाण भुषाल,
विक्रम सिंह थारु लगायतका कलाकारको पनि अभिनय रहनेछ ।
चलचित्रलाई लिएर कलाकारले उत्साह पनि व्यक्त गरेका छन् ।
चलचित्रको शुक्रबार पुजा गर्दै छायांकन आरम्भ गरिएको हो ।
नेपाली चलचित्रमा अहिले सौगात मल्लका चलचित्र खासै चलेका छैनन् ।
नायिका सुरविना कार्की पनि चलचित्र बजारमा अगाडि बढ्न
सकिरहेकी छैनन् । नायिका रिस्ता बस्नेतको भने हातमा केही चलचित्र
देखिएका छन् । तीन कलाकारलाई लिएर निर्देशक दाहालले दर्शकलाई
मनपर्ने चलचित्र बनाउने बताए ।

0 comments:

 
साप्ताहिक पत्रीका © 2012 | Designed by Rumah Dijual, in collaboration with Buy Dofollow Links! =) , Lastminutes and Ambien Side Effects