काठमाडौं । बेलायती मोडल एवं बलिउड अभिनेत्री हेजेल किच
काठमाडौं आउने भएकी छिन् । आगामी ९ असोजमा काठमाडौमा हुने
‘मोडल क्वेस्ट इन्टरनेशनल नेपाल २०१५’ मा बिशेष अतिथिको रुपमा उनी
काठमाडौ आउने भएकी हुन् ।
हलिउडको हृयारी पोर्टर श्रृङ्खलामा अभिनय गरेकी हेजेलले बलिउडमा
सलमान अभिनित ‘बडिगार्ड’ सहित म्याक्सिमम्, तेलगु फिल्म कृष्णममा
काम गरेकी छिन् । अन्य केही फिल्ममा समेत अभिनय गरेकी छिन् उनले ।
फिल्म म्याक्सिमम्को आ अन्टे अमलापुरम्…को आईटम डान्सबाट चर्चा
कमाएकी यी नायिकाले यस पटक मोडल क्वेष्टमा क्वाटवाक गर्नेछिन् ।
झलक दिखला जा-६, बिगबोस-७, कमेडी सर्कस-२०१३ सहित विभिन्न
कार्यक्रममा सहभागी भएकी हेजेल बेलायतको प्रतिष्ठित मोडलमाको
रुपमा चिनिन्छिन् ।
युहान इन्टरनेशलन इभेन्ट प्रालिका प्रबन्ध निर्देशक सानु खानका अनुसार
उनी ८ असोजमा काठमाडौं आईपुग्नेछिन् भने ९ असोजमा कार्यक्रममा
सहभागी हुने भएकी छिन् ।



0 comments:
Post a Comment