काठमाडौं । भूकम्प पीडित नेपालीको सहयोगका लागि आउँदो
अक्टोवर १ तारिखमा हङकङमा विषेश कार्यक्रम हुने भएको भएको छ ।
नेपाली कलाकारको उपस्थितिमा हुने उक्त कार्यक्रमलाई भब्य
बनाउनका लागि रेशम फिलीलीका कलाकार जोडी विनय श्रेष्ठ र
मेनुका प्रधानले यस वर्षकै चर्चित गीत पारी त्यो डाँडामा नृत्य प्रस्तुत
गर्ने भएका छन् ।
सोही कार्यक्रमका लागि भन्दै उनीहरुले फोटो सुट गरेका छन् । हङकङमा
रहेको युन लङ थिएटरमा हुने कार्यक्रममा राजेश हमाल, करिष्मा मानन्धर
सुष्मा कार्की लगायतको पनि सहभागीता रहने भएको छ ।
गएको बैशाख ११ गते हलमा लागेको चलचित्र रेशम फिलिली चलचित्र आफैं
पनि भूकम्प पीडित हो । पहिलो दिन असी लाख ब्यापार गरेको उक्त
फिल्मको ब्यापार दोस्रो दिन विनाशकारी भूकम्प आएपछि ठप्प भएको
थियो ।
भदौ ११ मा दोस्रो पटक प्रदर्शन भएको रेशम फिलीलीले राम्रै ब्यापार
गरेको थियो । उक्त चलचित्रको पारी त्यो डाँडामा …बोलको गीत
दर्शकले अत्याधिक मन पराएका थिए ।



0 comments:
Post a Comment