मेष
रोकिएको विदेश अध्ययनको प्रक्रिया स्वत: परिणाममा परिणत हुँदा हर्षित भइनेछ । मन पराउनेले दिएको सुझाव अनुसरण गर्दा समय बचत हुन सक्छ । आकर्षक सवारी साधनको खरिदले अरूको मन लोभ्याउनेछ । भ्रमणका क्रममा बढी खर्च भै व्यवहारिक झमेला आइलाग्न सक्छ । साताको अन्त्यमा स्वास्थ्यमा ध्यान पुर्याउनुहोला ।
वृष
प्रेम–प्रेमिकाबीचको तीतोपन उचाइमा पुगेर खल्लोपन सिर्जना हुन सक्छ । बलमिच्याइँ गरे काम बिग्रने सम्भावना छ । मेहनतले काम सम्पन्न गर्न सकिनेछ । विदेश जाने प्रक्रिया अघि बडाउँदा बढी खर्च भए पनि सफलता हात लाग्नेछ । बेरोजगारहरूका निम्ति विभिन्न रोजगारीको अवसर सिर्जना हुने सम्भावना छ ।
मिथुन
धन आर्जन गर्ने अवसर प्राप्त हुन सक्छ । पैतृक सम्पत्ति उपयोग गर्दा थप फाइदा उठाउन सकिनेछ । हूलमूलमा धन तथा गहना जोगाउने चेष्टा गर्नुहोला । प्रेमसम्बन्धमा सावधानी अपनाए फाइदा नै हुनेछ । पारिवारिक खिचतानीले भैसकेको कार्य पनि ओझेलमा पर्न सक्छ । चिसोबाट स्वास्थ्य जोगाउनुहोला ।
कर्कट
पारिवारिक जमघटमा स्वादिलो भोजनबाट सत्कार हुँदा मानसिक तनाव समेत कम हुनेछ । छोटो समयमै दिगो आम्दानी हुने कार्य हात लाग्दा चर्चित भइनेछ । खराब आचरण भएकाहरूले पिछा गर्न सक्छन् । हेक्का नराखी अरूलाई वचन दिनाले असहजता सिर्जना हुनसक्छ । धेरैको भलाइ हुने कम गर्न सकिनेछ ।
सिंह
अरूलाई छिटो विश्वास गर्नाले धोका हुन सक्छ । एकाग्र भै अध्ययन गरे सफलताका साथै विभिन्न अवसरसमेत हात लाग्न सक्छ । घरायसी काममा रुमल्लिँदा हितैषीभन्दा पछि पर्न सकिनेछ । अध्यात्मिक चिन्तन एवं योग–ध्यानले दुर्भावनाहरू समाप्त हुँदै भावी मार्ग पहिल्याउन सहज हुनेछ । जोडी नम्बर भएका सवारी साधन चलाउँदा विशेष लाभ प्राप्त हुनसक्छ ।
कन्या
साता मध्यम तवरले बित्नेछ । विदेश यात्राको कार्य दु्रत गतिमा सम्पन्न गर्दा बढी प्रभावकारी हुनेछ । मन मिल्ने साथीको सुझाव पहिल्याउनु फाइदाजनक हुनेछ । नियमित शारीरिक व्यायाम तथा योगले थप ऊर्जा प्रदान गर्नेछ । प्रतिष्ठा र पदोन्नतिको अवसरलाई चुनौतीका रूपमा आत्मासात् गर्न सके उचाइमा पुगिनेछ । मनोरञ्जन गर्दा स्वास्थ्यको हेक्का राख्नुहोला ।
तुला
करियर बनाउन विदेशी मित्रको सुझाव अनुसरण गर्नुहोला । सरकारी क्षेत्रमा कार्यरत कर्मचारीले जिम्मेवारीप्रति बेवास्ता गर्दा भविष्यका सम्भावानाहरू ओझेलमा पर्नेछन् । खरानी तथा सेता रंग प्रयोगमा ल्याउन सके सफलताको नजिक पुग्न सहज हुनेछ । खानपानको फेरबदलले स्वास्थ्य प्रतिकूल हुन सक्छ ।
वृश्चिक
फजुल खर्च गर्दा प्रेमिका चिढिने सम्भावना छ । मन लोभ्याउने पहिरन खरिद गर्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता आइलाग्न सक्छ । सामूहिक लगानीमा गरिएको कार्यले बढी मुनाफा आर्जन गर्ने सम्भावना छ । साताको अन्त्यमा दान, पुण्य आदि परोपकारी कार्यमा संलग्न हुँदा आत्मविश्वास प्राप्त हुनेछ ।
धनु
काममा गोपनीयता अवलम्बन गर्न सके सजिलै परिणाम आफ्नो पोल्टामा पार्न सकिनेछ । मनोरञ्जन गर्दा तथा सवारी साधन चलाउँदा थप सावधानी अपनाउनुहोला । प्रेम प्रस्ताव राख्नेहरूसँग सचेत रहनुमै कल्याण छ । आर्थिक व्यवहार तथा पारिवारिक वातावरणमा रुमल्लिँदा रोजगारीका सम्भावनाहरू ओझेलमा पर्न सक्छन् ।
मकर
बेरोजगार युवायुवतीहरूलाई रोजगारी प्राप्त हुनसक्छ । परिस्थिति पहिचान गरी गरिएको कार्यले उचित स्थान पाउनेछ । साथीहरूको भनाइमा भर पर्दा थप आर्थिक संकट बेहोर्नुपर्ने हुनसक्छ । आर्थिक कारेबारबाट टाढै रहनु उचित हुन्छ । प्रशंसा गर्दै उपहार लिई भेट्न आउनेहरूसँग सचेत रहनुहोला ।
कुम्भ
मन मिल्ने साथी भेटिँदै प्रेमको गाँठो कसिने सम्भावना छ । जिद्दी गर्दै गल्ती सच्याउन खोज्दा अझ पछि परिनेछ । सरोकार नभएका विषयमा चासो राख्दा थप हैरानीले सताउनेछ । अनुशासन एवं मर्यादा पालनले आफूलाई थप उचाइमा पुर्याउन सहयोग गर्नेछ । साताको अन्त्यमा विभिन्न परिकार तथा सुन्दर वस्त्रले आनन्दित तुल्याउनेछन् ।
मीन
अभिभावकको सुझावले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ । कुरा काट्नेहरू तपाईंको भैतिक साधनको समेत चियो चर्चो गर्न पछि पर्ने छैनन् । पहेंला धातुको उपहारसहित प्रेमिकाले नयाँ अवसर प्राप्त भएको खबर सुनाउँदा हर्षित भइनेछ । मेहनत गर्न सके जीवनशैलीले फड्को मार्न सक्छ । विभिन्न स्थानको भ्रमण हुनेछ भने मनोरञ्जनमै साता व्यतीत हुनेछ ।



0 comments:
Post a Comment