एकदम रमाइलो लागिरहेको छ । मौसम पनि रमाइलो हुँदै गएको छ ।
एकपछि अर्को गरी रमाइला चाडपर्व आइरहेकाले म मस्तीको मुडमा सबै
चाड मनाउन तयार अवस्थामा छु ।
स्मिता थापा, मोडल
म त्यति चाडपर्व प्रेमी होइन, तर आफन्त तथा साथीहरूले खुसी र
मनोरञ्जनका साथ चाडपर्व मनाउँदा म पनि त्यसमा सहभागी भएर
इन्जोय गर्छु ।
सुरक्षा पन्त, नायिका
भूकम्पपछिका दिनमा विदेशमा सहयोगका लागि आयोजित
कार्यक्रमहरूमा बढी व्यस्त छु । चाडपर्वको मौसम आए पनि यो वर्ष त्यति
उल्लासमय ढंगबाट इन्जोय गरिँदैन जस्तो छ ।
विजय लामा, गायक
आफन्तजनसँग भेटघाट अनि खानपानका साथै जीवनका दु:खसुखका
सम्बन्धमा भलाकुसारी गरेर चाडपर्व मनाउने विचारमा छु ।
शंकर आचार्य, निर्देशक ‘भद्रगोल’
मुलुकमा विपद् परेको बेला के इन्जोय गर्न सकिन्छ र ? बरु हामी सबै जना
एकजुट भएर दु:खलाई सुखमा परिणत गर्ने प्रयास गरौं ।
आरुष गुरुङ, मोडल
परिवारका सदस्यहरूसँग बसेर इन्जोय गर्ने मुडमा छु । विशेषगरी मन्दिरतिर
गएर धर्मकर्म गर्ने विचार छ ।
रमित ढुंगाना, नायक
यसपटकको चाडपर्वको मौसममा म अमेरिकामै हुने भएँ । यता सबैले दिएको
मायाले म नेपालमै छु भन्ने आभाष भएको छ । यहाँका विभिन्न राज्य घुम्दै
दिदी–बहिनीहरूसाग भेटघाट गर्दै विभिन्न परिकार चाख्दै निकै इन्जोय
गरिरहेकी छु ।
निरु खड्का, हास्य अभिनेत्री/नृत्याङ्गना
चाडपर्वको मौसममा देश–विदेशका विभिन्न स्थान घुमेर तथा क्लाउन
थियटरको प्रस्तुति दिँदै मनाउने भएको छु ।
विशारद बस्नेत, रंगकर्मी
परिवारलाई समय दिएर, उनीहरूसँग घुमघाम र रमाइलो गर्दै मनाउने
विचारमा छु । विशेषगरी पुराना साथीहरूसँग समय बिताउने तरखरमा छु ।
अमिर गौतम, नायक
म चाडपर्व निकै उत्साहपूर्वक मनाउने भएकीले होला तीज, दसैं, तिहार सबै
मज्जाले मनाउँछु । चाडपर्व आउनु अगावै मनाउने तरीका खोज्छु र
त्यहीअनुसार मनाउँछु । अरू बेला कामबाट फुर्सद नपाउने भए पनि
चाडपर्वमा फुर्सद हुन्छ । त्यसैले खुलेर इन्जोय गर्ने मुडमा छु ।
अनु शाह, नायिका
चाडपर्वको यो मौसममा म पोहोर जस्तै विदेशमै व्यस्त रहनेछु । इजरायलमा
भएका दाजुभाइ–दिदीबहिनीहरूले बोलाउनु भएको छ । मेरो रमाइलो उतै
हुनेछ ।
ताराप्रकाश लिम्बू, संगीतकार/गायक
चाडपर्वलाई उत्साहजनक तरिकाले मनाउने उपाय खोज्दैछु । मनै ठीक छैन,
सम्भवत: पहिलेको जस्तो उत्साह रहँदैन कि ?
गम्भीर विष्ट, नृत्य निर्देशक
पहिलेको जसरी नै इन्जोय गरिन्छ । मुड राम्रो भए राम्रै इन्जोय हुन्छ, नभए
कम हुन्छ ।
अशिष्मा नकर्मी, नायिका
मनाउनु त पर्छ । परिवारसँग रमाइलो गरी मनाउने रहर छ, तर यो वर्ष
पहिलेको जस्तो उत्साहचाहिँ होला जस्तो छैन ।
जेबिका कार्की, नायिका



0 comments:
Post a Comment